मलेसियाको नम्बर वान बीईभी अब इन्डोनेसियामा बन्यो टप १० बेस्ट सेलिङ कार, नेपाल भित्रिदै
नेपाली बजारमा औपचारिक रुपमा भित्रिने तयारीमा रहेको बीवाईडी एम६ मलेसियामा...
काठमाडौं– निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न मिल्ने ७ सिटर एमपीभी (मल्टी परपोज भेइकल) को नेपालमा खासै ठूलो बजार छैन । जसका कारण यसअघि नेपाल आएका सुजुकी, टोयोटा, किया र रेनोका एमपीभीले खासै ठूलो बजार लिन सकेनन् ।
धेरै सदस्य भएको ठूलो परिवारले निजी प्रयोजनमा समेत प्रयोग गर्दै आएको एमपीभी विशेषगरी होटल तथा ट्राभल एजेन्सीहरुले बढी मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ । पर्यटन क्षेत्रमा उच्च सम्भावना देखेरै बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरमा जारी अन्तर्राष्ट्रिय बलुन फेस्टिभललाई आफ्नो नयाँ एमपीभी एम६ लन्च गर्ने उचित प्लेटफर्म ठान्यो ।
कम्पनीले उक्त फेस्टिभलमा मुख्य प्रायोजकको भूमिका समेत निर्वाह गर्दै फेस्टिभल सुरु भएकै दिन हट एयर बलुन उडाएर एक भब्य कार्यक्रममाझ एम६ लन्च ग-यो । नयाँ गाडी लन्चसँगै कम्पनीले १०० जना ग्राहकलाई एम६ डेलिभरी समेत गरेर यो सेग्मेन्टमा आफ्नो दमदार इन्ट्रीको सुरुवात समेत गरेको छ ।
यसअघि कुनैपनि ब्रान्ड सफल हुन नसकेको यो सेगमेन्टमा बीवाईडीले बुकिङ खुलाएको १ महिनापनि नबित्दै १०० युनिट एम६ बिक्री गरेर नयाँ कीर्तिमान समेत रच्न सफल भयो ।
त्यसो त पछिल्लो समय नेपालमा विद्युतीय कारको बिक्रीले एकपछि अर्को लोकिप्रयता हासिल गर्दै गएको छ । त्यसमा पनि बीवाईडीका प्रायः सबैजसो मोडल ईभी पारखीको पहिलो रोजाइमा पर्ने गरेको पाइन्छ । यसअघि नेपाल आएका एट्टो ३ र डल्फिनले बजारमा तहल्का पिटिरहेकै अवस्थामा ७ सिटर एमपीभीले समेत उत्साहप्रद सुरुवात गरेको हो ।
यति छोटो अवधिमै १०० युनिट एम६ बिक्री हुनुले नेपालमा बीवाईडीको जुनसुकै मोडल आएपनि सफल हुन्छ भन्ने भाष्यसमेत स्थापित गरेको छ । भोलिका दिनमा यसको बिक्री कस्तो रहला, त्यो भविष्यले बताउने भएपनि सुरुवाती बिक्री भने एम६ ले निकै राम्रो पाएको छ ।
त्यसो त एम६ बीवाईडीले नेपाल ल्याएको पहिलो एमपीभी भने होइन । सन् २०१५ मै ई६ मोडल ल्याएको साइमेक्स इंकले पछि यसको परिष्कृत भर्सन अल न्यु ई६ ल्याएर बिक्री थालेको थियो । ई६ र अल न्यु ई६ समेत अहिले बजारमा राम्रै संख्यामा गुडेको देख्न सकिन्छ । ईभी सेगमेन्टमा ७ सिटर एमपीभी भने हाल बीवाईडीसँग मात्रै उपलब्ध भएका कारण नयाँ आएको एम६ ले बजारमा एकछत्र बजार लिने देखिन्छ ।
यस्ता छन् एम६ का विशेषता
कम्पनीका अनुसार बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी प्रपोज भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ । यो कारको सुरुवाती मुल्य ५८ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बीवाईडी एम६ मा अतुलनीय कम्फर्ट र स्पेस रहेको छ । यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ ।
पावरफुल परफर्मेन्स यसको अर्को विशेषता हो । यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ ।
यसममा फास्ट चार्जिङ विकल्प पनि छ । बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसकारण व्यस्त दैनिकी भएकाहरुका लागि यो परफेक्ट सवारी छ ।
एड्भान्स्ड सेफ्टी अर्को विशेषता हो । एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ ।
गाडी टेक–फरवार्ड डिजाइन सहित उपलब्ध छ । यो गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ ।
नेपाली बजारमा औपचारिक रुपमा भित्रिने तयारीमा रहेको बीवाईडी एम६ मलेसियामा...
टाटा मोटर्सले एस इलेक्ट्रिकको भारतमा डेलिभरी शुरु गरेको छ । यो इलेक्ट्रिक...
काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा एक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...