बीवाईडी एम६ को खुल्यो बुकिङ, १ लाख ५० हजार नगद छुट

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी एम६ को बुकिङ खुलाएको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै बुकिङ गर्नेहरुले १ लाख ५० हजार रुपैयाँ छुट प्राप्त हुने उल्लेख गरेको छ ।

बीवाईडी एम६ नेपालकै पहिलो ७ सिटर एमपीभी हो । यसको मूल्य ५५ लाख र ६० लाख १५ हजार रुपैयाँ हुनेछ । गाडीमा ५५.४ र ७१.८ किलोवाट आवर क्षमताका ब्याट्री हुनेछन् भने १०० किलोवाटको मोटर हुनेछ ।

एम६ विभिन्न ५ र ७ सिट भएको बहुउद्देश्यिय कार हो । कम्पनीले केही महिनाअघि राइट ह्यान्ड ड्राइभ भर्सनको एम६ उत्पादन गरेको हो । यो कारमा पनि बीवाईडीको अत्याधुनिक नयाँ प्रविधिको ब्लेड ब्याट्री दिइएको छ ।

पहिले बीवाईडीले उपलब्ध गराउँदै आएको ई६ को अर्को संस्करणको रुपमा एम६ लाई लिइएको छ । भारतमा यो ई–म्याक्स७ नाममा बिक्री भइरहेको छ । भारतमा यसले क्रमशः सिंगल चार्जमा ४२० र ५३० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

ड्रागन फेस डिजाइन, स्पिडी डाइनामिक ह्विल हब, क्रिस्टल डायमन्ड फ्लोटिङ एलईडी हेडल्याम्प, इलेक्ट्रिक एलिगेन्स, इलेक्ट्रिक स्लाइड सहितको प्यानोरामिक ग्लास, भेइकल टु लोड (भीटीओएल) मोबाइल पावर स्टेसन लगायतका विभिन्न फिचर यसमा रहेका छन् ।

साइमेक्स इंकले यो भन्दा गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा यो गाडी प्रदर्शन गने अनुमान गरिएको थियो । अब भने सो गाडी नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

सम्बन्धित समाचारहरू

देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभीमा अपग्रेड हुन सकिने

देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभीमा अपग्रेड हुन सकिने

काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

कोमेट नाममा आउने भयो एमजीको मिनी इभी, यस्तो हुन सक्छ फिचर रेन्ज र पावरट्रेन

कोमेट नाममा आउने भयो एमजीको मिनी इभी, यस्तो हुन सक्छ फिचर रेन्ज र पावरट्रेन

एमजी मोटरले भारतमा उत्पादन गरिरहेको मिनी इभी कोमेट नाममा आउने पक्का भएको छ...

दुई दिन पछि सार्वजनिक हुँदै शाओमीको पहिलो इलेक्ट्रिक कारको विवरण, कौतुहलता बढ्दै

दुई दिन पछि सार्वजनिक हुँदै शाओमीको पहिलो इलेक्ट्रिक कारको विवरण, कौतुहलता बढ्दै

चाइनिज टेक कम्पनी शाओमीको टेक्नोलोजी इभेन्ट ‘स्ट्राइड’ आगामी डिसेम्बर २८...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...