बीवाईडी एम६ को खुल्यो बुकिङ, १ लाख ५० हजार नगद छुट

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी एम६ को बुकिङ खुलाएको छ । कम्पनीले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै बुकिङ गर्नेहरुले १ लाख ५० हजार रुपैयाँ छुट प्राप्त हुने उल्लेख गरेको छ ।

बीवाईडी एम६ नेपालकै पहिलो ७ सिटर एमपीभी हो । यसको मूल्य ५५ लाख र ६० लाख १५ हजार रुपैयाँ हुनेछ । गाडीमा ५५.४ र ७१.८ किलोवाट आवर क्षमताका ब्याट्री हुनेछन् भने १०० किलोवाटको मोटर हुनेछ ।

एम६ विभिन्न ५ र ७ सिट भएको बहुउद्देश्यिय कार हो । कम्पनीले केही महिनाअघि राइट ह्यान्ड ड्राइभ भर्सनको एम६ उत्पादन गरेको हो । यो कारमा पनि बीवाईडीको अत्याधुनिक नयाँ प्रविधिको ब्लेड ब्याट्री दिइएको छ ।

पहिले बीवाईडीले उपलब्ध गराउँदै आएको ई६ को अर्को संस्करणको रुपमा एम६ लाई लिइएको छ । भारतमा यो ई–म्याक्स७ नाममा बिक्री भइरहेको छ । भारतमा यसले क्रमशः सिंगल चार्जमा ४२० र ५३० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

ड्रागन फेस डिजाइन, स्पिडी डाइनामिक ह्विल हब, क्रिस्टल डायमन्ड फ्लोटिङ एलईडी हेडल्याम्प, इलेक्ट्रिक एलिगेन्स, इलेक्ट्रिक स्लाइड सहितको प्यानोरामिक ग्लास, भेइकल टु लोड (भीटीओएल) मोबाइल पावर स्टेसन लगायतका विभिन्न फिचर यसमा रहेका छन् ।

साइमेक्स इंकले यो भन्दा गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा यो गाडी प्रदर्शन गने अनुमान गरिएको थियो । अब भने सो गाडी नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

सम्बन्धित समाचारहरू

लुयान चाडपर्व अफर : १० हजार छुट र अन्य फ्रि सर्भिस

लुयान चाडपर्व अफर : १० हजार छुट र अन्य फ्रि सर्भिस

काठमाडौं – लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो...

बीवाइडी कार किन्ने ११ जना भाग्यशाली बिजेताले जर्मनीमा यूरो कप हेर्न पाउने

बीवाइडी कार किन्ने ११ जना भाग्यशाली बिजेताले जर्मनीमा यूरो कप हेर्न पाउने

काठमाडौं– बीवाइडी गाडी खरिद गर्ने ११ जना भाग्यशाली बिजेताले यूरो कप हेर्न...

आकर्षक डिजाइन र फरक विशेषता सहित दुई मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक

आकर्षक डिजाइन र फरक विशेषता सहित दुई मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं – नेपाली भुबनोटलाई आधार मानेर विकसित गरिएको एफडी ब्रान्डका दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...