बीवाईडी एट्टो २ र सिलायन ७ को मूल्य बढ्यो, अब कति ?
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
बीवाईडीले आफ्नो लोकप्रिय एसयुभी एट्टो ३ को नयाँ परिमार्जित संस्करण ‘एट्टो ३ इभो’ विश्व बजारमा लन्च गरेको छ । कम्पनीका अनुसार नयाँ मोडल प्रविधि, रेन्ज र कार्यसम्पादनका हिसाबले उल्लेखनीय रूपमा स्तरोन्नति गरिएको छ ।
नयाँ संस्करणमा ७४.८ किलोवाट आवरको ठूलो ब्याट्री प्याक जडान गरिएको छ, जुन अघिल्लो ६०.५ किलोवाट घण्टाभन्दा ठूलो हो । डब्लुएलटीपी मापदण्डअनुसार यसको रेन्ज ५१० किलोमिटर पुगेको दाबी गरिएको छ, जुन अघिल्लो मोडलभन्दा ९२ किलोमिटर बढी हो ।
स्ट्यान्डर्ड भेरिएन्टले ३१३ हर्सपावर र ३८० एनएमको टर्क उत्पादन गर्छ । यसले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति लिन ५.५ सेकेन्ड मात्र लिने कम्पनीको दाबी छ ।
अल ह्विल ड्राइभ संस्करण अझ शक्तिशाली छ । यसमा दुईवटा मोटरमार्फत ४४९ हर्सपावर र ५६० एनएमको टर्क उत्पादन हुन्छ । सो संस्करणले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति केवल ३.९ सेकेन्डमा लिन्छ, यद्यपि यसको रेन्ज ४७० किलोमिटरमा सीमित छ ।
चार्जिङ प्रविधिमा सबैभन्दा ठूलो सुधार गरिएको छ । अघिल्लो ४०० भोल्ट सिस्टमको सट्टा ८०० भोल्ट संरचना प्रयोग गरिएको छ, जसले अधिकतम २२० किलोवाट चार्जिङ सपोर्ट गर्छ । कम्पनीका अनुसार १० देखि ८० प्रतिशत चार्ज गर्न २५ मिनेट मात्र लाग्छ ।
डिजाइन र इन्टेरियरमा पनि अपडेट गरिएको छ । बुट स्पेस ४९० लिटर पुगेको छ र अगाडि १०१ लिटरको फ्रङ्क दिइएको छ । १५.६ इन्चको रोटेटेबल टचस्क्रिन र ८.८ इन्च डिजिटल क्लस्टर जडान गरिएको छ । नयाँ इभो संस्करणले प्रतिस्पर्धी इलेक्ट्रिक एसयूभी बजारमा बलियो चुनौती दिने संकेत दिएको छ ।
एट्टो३ को नयाँ संस्करण अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आगामी नाइमा मोबिलिटी एक्सपोमार्फत यसलाई लन्च गर्नसक्ने सम्भावना रहेको छ ।
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...
बीवाईडीले आफ्नो पहिलो प्रिमियम सब–ब्रान्डअन्तर्गतको सम्पूर्ण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...