थपियो अर्को मल्टी ब्रान्ड स्कुटर शोरुम, बिक्रीका साथै परामर्श र सर्भिसिङ पनि गरिने
काठमाडौं – पछिल्लो समयमा विशेष गरी इलेक्ट्रिक स्कुटरका मल्टी ब्रान्ड...
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्दा विद्युतीय सवारीको माग बढिरहेको छ। यही परिस्थितिबाट चिनियाँ इलेक्ट्रिक सवारी निर्माता बीवाईडी र अन्य केही कम्पनीले भने उल्लेखनिय फाइदा लिने संकेत देखिएको छ ।
मिडिया रिपोर्टका अनुसार कम्पनीका संस्थापक तथा अध्यक्ष वाङ चुवान्फुले एक आन्तरिक बैठकमा इन्धनको मूल्य बढे पश्चात कम्पनीको अन्तर्राष्ट्रिय बजारमा हुने बिक्री ‘अर्को लेभल’ मा पुग्ने अपेक्षा गरिएको बताएका छन् । उनका अनुसार अष्ट्रेलिया, न्युजिल्यान्ड र फिलिपिन्स जस्ता देशमा पहिले दुई सातामा हुने बिक्री हाल एक दिनमै हुन थालेको छ ।
यसै तथ्यलाई मनन गरी कम्पनीले आफ्नो वार्षिक बैदेशिक बिक्री लक्ष्य पनि बढाएर १५ लाख सवारीसाधन पु¥याएको छ। यसअघि यो लक्ष्य १३ लाख युनिट मात्र थियो।
यस वर्षको सुरुवाततिर करिब ६० डलर प्रतिब्यारेल रहेको इन्धनको मूल्य हाल १०० डलर भन्दा माथि पुगेको छ । तेलको मूल्य वृद्धि भएपछि इन्धन खर्च घटाउन चाहने उपभोक्ताहरू ईभीतर्फ आकर्षित भइरहेका छन् ।
पछिल्लो सममया विदेशी बजारमा बीवाईडी लगायतका अन्य ईभीको माग बढिरहेको भए पनि चिनियाँ बजारमा भने क्रमशः यसको मागमा गिरावट आइरहेको छ । मूल्यमा भइरहेको तीव्र प्रतिस्पर्धा र अत्यधिक बजार सम्बन्धित गतिविधिहरुका कारण यसमा असर देखिएको बताइएको छ । यो समयमा बीवाईडीले समेत अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गरिरहेको छ ।
यस वर्षको जनवरी–फेब्रुअरी अवधिमा चीनबाट निर्यात भएका नयाँ ऊर्जा सवारी अर्थात ईभी र प्लग–इन हाइब्रिडको संख्या ११० प्रतिशतभन्दा बढी बढेर ५ लाख ८३ हजार युनिट पुगेको छ । विश्लेषकहरूका अनुसार तेलको मूल्य लामो समय उच्च रहिरहेमा ईभीको माग अझ तीव्र रूपमा बढ्न सक्छ।
काठमाडौं – पछिल्लो समयमा विशेष गरी इलेक्ट्रिक स्कुटरका मल्टी ब्रान्ड...
काठमाडौं–जीकर ईभीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...
काठमाडौं – नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...