एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने

चाइनिज अटो मेकर बीवाईडी र राइड सेयरिङ सेवा उपलब्ध गराइरहेको कम्पनी ग्र्याबका बिच दक्षिण पूर्वी एसियामा ईभी फ्लिट विस्तार गर्नका लागि रणनीतिक सहकार्य हुने भएको छ । यस अनुसार ग्र्याबका फ्लिट पार्टनर र ड्राइभर पार्टनरले प्रतिस्पर्धी मूल्यमा बीवाईडीको सेवा पाउने छन् । यो वाहेक ईभी ब्याट्रीका लागि एक्स्क्लुसिभ एक्सटेन्डेड वारेन्टी समेत पाउने छन् ।

यो सहकार्य अनुसार एसियन राष्ट्रमा प्रयोग गर्नका लागि बीवाईडीका ५० हजार युनिट सम्म ईभी प्रयोग गरिने छ । यसका लागि ड्राइभरहरुले ग्र्याबको फ्लिट पार्टनर प्रोग्राम वा बैकल्पिक रुपमा स्पेसल कार वानरसिप स्किम अन्तर्गत बीवाईडी ईभी पाउने छन् ।

हाल यो सेवा सिंगापुर र थाइल्यान्डमा सबैभन्दा पहिले सुरु हुनेछ । मलेसिया लगायत अन्य देशमा पनि क्रमशः यो सेवा सुरु हुने बताइएको छ । यस अनुसार ग्र्याब प्रयोगकर्ताले एप प्रयोग गरी थप शुल्क विनै इको–फ्रेन्ड्ली भेइकलको इको–फ्रेन्ड्ली राइड प्रयोग गर्न सक्ने छन् ।

यी सबै कार्यका लागि दुई कम्पनी मिलेर बीवाईडी ईभी र ग्र्याबको आफ्नो प्लेटफर्म र सर्भिसका बिच ‘डिप आईओटी इन्टिग्रेसन’ गर्नेछन् । यसबाट ग्र्याब ड्राइभरहरुले आफ्नो पर्सनल मोबाइलको सट्टा बीवाईडी कारको ठूलो इन्फोटेनमेन्ट स्क्रिन प्रयोगमा ल्याउने छन् । यसबाट ईभीमा भएको सेन्सर र टेलिमेट्री डाटा सिभै ग्र्याबको अल्गोरिदममा ट्रान्सफर हुनेछ ।

यसका लागि दुवै कम्पनीले गुगलको लोकल म्याप डाटा प्रयोग गर्न सक्ने छन् । त्यसैगरी ग्र्याबले रोड र ट्राफिक डाटा लगायतका महत्वपूर्ण डाटा प्राप्त गर्न सक्ने छ । भविष्यमा यसबाट म्यापिङ सेवालाई अझै परिस्कृत गर्न सहयोग पुग्ने छ ।

यी सबै कार्यका लागि बीवाईडीको एट्टो ३, सिल र एम६ एमपीभी प्रयोगमा आउने अनुमान गरिएको छ । ग्र्याबले ग्र्याब एक्जिक्युटिभ प्रिमियम राइड फ्लिटका लागि बीवाईडीको डेन्जा प्रिमियम सब–ब्रान्डलाई समेत प्रयोगमा ल्याउने चासो राखेको छ । यसका लागि डेन्जा डी९ ईभी एमपीभी प्रयोगमा आउने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा पनि बीवाईडीका एट्टो ३, सिल र एम६ लगायतका मोडल बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

३ वर्षमा २ लाख ५० हजार युनिट बिक्री भयो जिकरको यो प्रिमियम ईभी

३ वर्षमा २ लाख ५० हजार युनिट बिक्री भयो जिकरको यो प्रिमियम ईभी

काठमाडौं– चिनियाँ अटो निर्माता जिलीले उत्पादन गरेको प्रिमियम ईभी जिकर ००१...

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप...

ओलाले ल्यायो एस१ प्रो भन्दा सस्तो इलेक्ट्रिक स्कुटर

ओलाले ल्यायो एस१ प्रो भन्दा सस्तो इलेक्ट्रिक स्कुटर

भारतीय इभी निर्माता ओलाले हिँजो नयाँ इलेक्ट्रिक स्कुटर एस१ लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...