फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान
जर्मन डेलिभरी कम्पनी ‘डीपीडी’ को इलेक्ट्रिक ट्रक फ्युचरिकमले फुल चार्जमा...
चाइनिज अटो मेकर बीवाईडी र राइड सेयरिङ सेवा उपलब्ध गराइरहेको कम्पनी ग्र्याबका बिच दक्षिण पूर्वी एसियामा ईभी फ्लिट विस्तार गर्नका लागि रणनीतिक सहकार्य हुने भएको छ । यस अनुसार ग्र्याबका फ्लिट पार्टनर र ड्राइभर पार्टनरले प्रतिस्पर्धी मूल्यमा बीवाईडीको सेवा पाउने छन् । यो वाहेक ईभी ब्याट्रीका लागि एक्स्क्लुसिभ एक्सटेन्डेड वारेन्टी समेत पाउने छन् ।
यो सहकार्य अनुसार एसियन राष्ट्रमा प्रयोग गर्नका लागि बीवाईडीका ५० हजार युनिट सम्म ईभी प्रयोग गरिने छ । यसका लागि ड्राइभरहरुले ग्र्याबको फ्लिट पार्टनर प्रोग्राम वा बैकल्पिक रुपमा स्पेसल कार वानरसिप स्किम अन्तर्गत बीवाईडी ईभी पाउने छन् ।
हाल यो सेवा सिंगापुर र थाइल्यान्डमा सबैभन्दा पहिले सुरु हुनेछ । मलेसिया लगायत अन्य देशमा पनि क्रमशः यो सेवा सुरु हुने बताइएको छ । यस अनुसार ग्र्याब प्रयोगकर्ताले एप प्रयोग गरी थप शुल्क विनै इको–फ्रेन्ड्ली भेइकलको इको–फ्रेन्ड्ली राइड प्रयोग गर्न सक्ने छन् ।
यी सबै कार्यका लागि दुई कम्पनी मिलेर बीवाईडी ईभी र ग्र्याबको आफ्नो प्लेटफर्म र सर्भिसका बिच ‘डिप आईओटी इन्टिग्रेसन’ गर्नेछन् । यसबाट ग्र्याब ड्राइभरहरुले आफ्नो पर्सनल मोबाइलको सट्टा बीवाईडी कारको ठूलो इन्फोटेनमेन्ट स्क्रिन प्रयोगमा ल्याउने छन् । यसबाट ईभीमा भएको सेन्सर र टेलिमेट्री डाटा सिभै ग्र्याबको अल्गोरिदममा ट्रान्सफर हुनेछ ।
यसका लागि दुवै कम्पनीले गुगलको लोकल म्याप डाटा प्रयोग गर्न सक्ने छन् । त्यसैगरी ग्र्याबले रोड र ट्राफिक डाटा लगायतका महत्वपूर्ण डाटा प्राप्त गर्न सक्ने छ । भविष्यमा यसबाट म्यापिङ सेवालाई अझै परिस्कृत गर्न सहयोग पुग्ने छ ।
यी सबै कार्यका लागि बीवाईडीको एट्टो ३, सिल र एम६ एमपीभी प्रयोगमा आउने अनुमान गरिएको छ । ग्र्याबले ग्र्याब एक्जिक्युटिभ प्रिमियम राइड फ्लिटका लागि बीवाईडीको डेन्जा प्रिमियम सब–ब्रान्डलाई समेत प्रयोगमा ल्याउने चासो राखेको छ । यसका लागि डेन्जा डी९ ईभी एमपीभी प्रयोगमा आउने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारमा पनि बीवाईडीका एट्टो ३, सिल र एम६ लगायतका मोडल बिक्रीका लागि उपलब्ध छन् ।
जर्मन डेलिभरी कम्पनी ‘डीपीडी’ को इलेक्ट्रिक ट्रक फ्युचरिकमले फुल चार्जमा...
काठमाडौं – नेपाली बजारमा नयाँ प्रिमियम ईभी ब्रान्ड अवतार आउने भएको छ ।...
एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले देशका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...