बीवईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी याङवाङ ‘यू८एल’, यस्तो छ मूल्य र विशेषता
काठमाडौं–बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड याङवाङ अन्तर्गत चार सिट...
काठमाडौं–सन् २०२६ को पहिलो छ महिनामा विश्वका शीर्ष १० ठूला कार निर्माता कम्पनीहरूको सूचीमा तीनवटा चिनियाँ अटोमोबाइल कम्पनीहरू पर्न सफल भएका छन् ।
चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार बीवाईडी, जिली र चेरीले विश्वव्यापी बजार हिस्सा बढाउँदै शीर्ष १० भित्र आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
यस सूचीमा चिनियाँ विद्युतीय कार निर्माता बीवाईडी ४.८ प्रतिशत बजार हिस्सासहित छैटौं स्थानमा रहेको छ । सन् २०१६ मा केवल ०.६ प्रतिशत मात्र बजार हिस्सा ओगटेको बीवाईडीले १० वर्षको अवधिमा उल्लेख्य प्रगति गरेको छ ।
त्यस्तै, जिली होल्डिङ ग्रुप ४.६ प्रतिशत बजार हिस्साका साथ विश्वका शीर्ष कार निर्माताको सूचीमा सातौं स्थानमा उक्लिएको छ । सन् २०१६ मा १.५ प्रतिशत बजार हिस्सा रहेको जिली समूहअन्तर्गत भोल्भो, स्मार्ट, पोलस्टार, लोटस र प्रोटोन जस्ता चर्चित ब्रान्डहरू समावेश छन् ।
अर्को चिनियाँ कम्पनी चेरी ४.१ प्रतिशत बजार हिस्सा हासिल गर्दै अमेरिकी अटो निर्माता फोर्डसँगै संयुक्त रूपमा नवौं स्थानमा पर्न सफल भएको छ । मुख्य रूपमा सवारी साधन निर्यातमा अग्रणी मानिने चेरीको १० वर्षअघि ०.८ प्रतिशत मात्र बजार हिस्सा रहेको थियो ।
विश्वव्यापी बजार हिस्साको दृष्टिकोणले सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा जापानी अटो निर्माता टोयोटा ११ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा कायमै रहेको छ । जर्मनीको फक्सवागन ८.१ प्रतिशत बजार हिस्सासहित दोस्रो तथा दक्षिण कोरियाको किया–हुन्डाई ७.६ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा रहेका छन् ।
अन्य चिनियाँ कम्पनीहरूमध्ये एसएआईसी ३.७ प्रतिशत बजार हिस्सासहित ११ औं स्थानमा छ भने चांगन, जीडब्ल्यूएम, बीएआईसी र डोङफेङ पनि विश्वका शीर्ष २५ अटो निर्माताभित्र पर्न सफल भएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...