बीवाईडी र सिनोपेकको सहकार्य, सांघाईको पेट्रोल पम्प बन्यो फ्ल्यास चार्जिङ हब

काठमाडौं–बीवाईडीले चीनको सरकारी तेल कम्पनी सिनोपेकसँग सहकार्य गर्दै सांघाईस्थित एउटा पेट्रोल पम्पलाई अत्याधुनिक फ्ल्यास चार्जिङ हबमा रूपान्तरण गरेको छ । यो नयाँ चार्जिङ हबमा १२ वटा चार्जिङ स्टल, चालकका लागि आराम गर्ने कक्ष र चौबीसै घण्टा खुला रहने सुविधा सम्पन्न स्टोर सञ्चालनमा ल्याइएको छ ।

सांघाईको यो स्टेसन यी दुई कम्पनीले संयुक्त रूपमा रूपान्तरण गरी सञ्चालनमा ल्याएको पहिलो फ्ल्यास चार्जिङ हब हो । आगामी दिनहरूमा सिनोपेकका अन्य पेट्रोल पम्पहरूलाई पनि यसैगरी चार्जिङ हबमा रुपान्तरण गर्ने कम्पनीको योजना छ ।

चीनमा अधिकांश ईभी चार्जिङ स्टेसनहरू भूमिगत वा खुला पार्किङ स्थलहरूमा सीमित हुने र त्यहाँ शौचालय तथा भेन्डिङ मेसिनबाहेक थप सुविधाहरू नहुने अवस्था छ । तर, बीवाईडी र सिनोपेकको यो नयाँ हब सांघाई अन्तर्राष्ट्रिय विमानस्थल, उच्च गतिको रेल स्टेसन र मेट्रो लाइननजिकैको मुख्य स्थानमा अवस्थित छ ।

प्राविधिक रूपमा यो चार्जिङ स्टेसनमा बीवाईडीका चार वटा ब्लेड ब्याट्री पावर ग्रिड बफरका रूपमा प्रयोग गरिएका छन्, जसको कुल क्षमता १६९ देखि १८५ किलोवाट आवरसम्म छ । यस प्रविधिले राष्ट्रिय ग्रिडबाट जम्मा १०० किलोवाट बिजुली मात्रै लिएर गाडीहरूलाई द्रुत गतिमा चार्ज गर्न मद्दत गर्छ ।

बीवाईडीका अनुसार यो फ्ल्यास चार्जिङ प्रविधिमार्फत ईभी गाडीहरूलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न मात्र ५ मिनेट लाग्छ भने १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन ९ मिनेट मात्रै लाग्छ । माइना ३० डिग्री सेल्सियसको अत्यधिक जाडोमा पनि यसको चार्जिङ समय मात्र ३ मिनेटले बढी हुने कम्पनीको दाबी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...