पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म आयोजना हुन लागेको हो ।

एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको ब्रान्ड न्यु ईभी साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसरिज र निःशुल्क चार्जर जडानको सुबिधा पाउनेछन् ।

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ । एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो ३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।

बीवाईडी नेपाली बजारमा सर्बाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो ३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन् । बिक्री पछिको सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले पु-याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठूलो छ ।

सम्बन्धित समाचारहरू

उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले अटो ग्वाङझाउ २०२४ मा आफ्नो...

हार्ले डेभिडसनका सबै इलेक्ट्रिक मोटरसाइकल अब लाइभवायर ब्रान्डमा आउने, भर्चुअल हेडअफिस हुने

हार्ले डेभिडसनका सबै इलेक्ट्रिक मोटरसाइकल अब लाइभवायर ब्रान्डमा आउने, भर्चुअल हेडअफिस हुने

क्रुजर बाइकका लागि अन्तर्राष्ट्रिय बजारमा प्रचलित अमेरिकी कम्पनी हार्ले...

बीवाईडी सिलायन ७ को बिक्री प्रारम्भ, मूल्य र फिचर यस्तो

बीवाईडी सिलायन ७ को बिक्री प्रारम्भ, मूल्य र फिचर यस्तो

काठमाडौं – बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...