नयाँ वर्षको पहिलो दिनमै १३५ युनिट बीवाईडी ईभी वुकिङ

काठमाडौं–नयाँ वर्षको पहिले दिन अर्थात वैशाख १ गतेलाई बढो हर्षोल्लासका साथ मनाउने आम नेपालीको परम्परा नै हो । यसदिन मिठो खाने र नयाँ सामान किन्ने प्रचलन समेत छ ।

सवारीसाधन किन्नेहरुका लागि त झन यसदिनले विशेष महत्व राख्दछ । नयाँ सवारीसाधन घर भित्र्याएर परिवारमा खुसी बाढ्न पाइने र बिक्रेता कम्पनीले समेत विशेष अफर दिने भएका कारण यस दिनलाई कुरेर नयाँ गाडी किन्ने ग्राहकको ठूलै जमात भेटिन्छ ।

नयाँ वर्षमा धेरैभन्दा धेर्रै सवारीसाधन बिक्री गर्न कम्पनीहरुले लामै समयदेखी कसरत समेत गरिरहेका हुन्छन् । यसदिन कुन कम्पनीले कति गाडी बिक्री गर्यो भन्ने विषयले पछिसम्म चर्चा पाउने कारण पनि बिक्रेता कम्पनीका लागि नयाँ वर्षले विशेष महत्व राख्दछ ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुने कार ब्रान्ड बीवाईडीले नयाँ वर्षको पहिलो दिन अर्थात बैशाख १ गते १३५ वटा गाडीको वुकिङ लिन सफल भएको जनाएको छ । अघिल्लो वर्षको यसै दिन १३२ गाडी बुकिङ लिएको कम्पनीले यसवर्ष त्यसमा केही सुधार गर्दै बुकिङ बढाएको हो ।

बीवाईडीको हाल नेपाली बजारमा एट्टो३, डल्फिन, एम६, ई६ र लक्जरी सेडान कार सील सहित कुल ५ वटा मोडलका ईभी उपलब्ध छन् । यी कारको सुरुवाती मूल्य ४१ लाख १५ हजारदेखी १ करोड ९५ लाख रुपैयाँसम्म पर्छ । यीमध्ये सर्बाधिक बिक्री हुने मोडलमा एट्टो३ र डल्फिन पर्छ ।

अन्तराष्ट्र्रिय बजारमै चर्चा कमाएको ईभी ब्रान्ड भएका कारण पनि बीवाईडीलाई नेपाली ईभी प्रेमीले अत्याधिक मात्रामा रुचाउँदै आएका छन् । साथै, अत्याधुनिक फिचर, लामो रेन्ज दिने ब्लेड ब्याट्री, उत्कृष्ट गुणस्तर र सर्वसुलभ बिक्री पछिको सेवालगायत विशेषताका कारण पनि बीवाईडीका कार नेपाली बजारमा सफल भएक हुन् ।

सम्बन्धित समाचारहरू

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न...

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...

बीवाईडीले ल्यायो भेइकल–माउन्टेड ड्रोन

बीवाईडीले ल्यायो भेइकल–माउन्टेड ड्रोन

ईभी निर्माता कम्पनी बीवाईडीले डीजेआईसँगको सहकार्यमा ‘लिङयुआन’ नामक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...