फोर्ड इकोस्पोर्ट जस्तै बीवाईडी युआन प्रो इलेक्ट्रिक कार

चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीले युआन प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । बाहिरबाट हेर्दा फोर्ड इकोस्पोर्ट जस्तै देखिने सो एसयूभीले हाल अन्तर्राष्ट्रिय बजारमा चर्चा पाइरहेको छ ।

फोर्ड इकोस्पोर्टसँगै राख्दा दुवै कारमा कुनै अन्तर देखिदैन । सामान्य कस्मेटिक फरक मात्र देखिने यी दुई कार जुम्ल्याहा जस्ता लाग्छन् । यति सम्म की पछिल्लो भागमा राखिएको स्पेयर टायर समेत उस्तै देखिन्छ ।

यद्यपि कारको अघिल्लो भागमा भने अलग डिजाइन छ । यसका एक स्लिक हेडल्याम्पका साथै एक ईभी विशिष्ट क्लोज–अफ ग्रिल छ । भित्री भागमा एक ठूलो क्याबिन छ । युआन प्रोमा ८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.१ इन्च इन्फोटेनमेन्टका साथ मल्टी फङ्सनल फ्ल्याट बटम स्टेयरिङ ह्विल छ । यसमा नवीनतम कनेक्टिभिटी विकल्प उपलब्ध छ । बीवाईडीका अनुसार सो कारलाई ‘ड्रागन फेस ३.०’ डिजाइन ल्यांग्वेज अनुसार डिजाइन गरिएको हो ।

हाल विश्व बजारमै इलेक्ट्रिक भेइकलको लहर चलेको समयमा बीवाईडीले यसलाई दुई ब्याट्री विकल्पका साथ प्रस्तुत गरेको छ । यसमा भएको सानो ३८.९ किलोवाट आवर ब्याट्रीले फुल चार्जमा ३०१ र ठूलो ५०.१ किलोवाट आवरले ४०१ किलोमिटरको रेन्ज दिन्छ । यसमा भएको इलेक्ट्रिक मोटरले २१० एनएमको टर्क र १३६ बीएचपी पावर दिन्छ ।

यसको मूल्य चीनमा ७९ हजार ८ सय देखि ९९ हजार ८ सय युआन सम्म तोकिएको छ ।

सम्बन्धित समाचारहरू

लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ट्याग गर्दा स्कुटर पाइने

लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ट्याग गर्दा स्कुटर पाइने

काठमाडौं – कुनै पनि ग्राहकले अब लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर...

सार्वजनिक बसमा यात्रा गर्न अब पैसा बोक्नु नपर्ने, ३९ बसमा सुरु भयो सेवा (भिडियो सहित)

सार्वजनिक बसमा यात्रा गर्न अब पैसा बोक्नु नपर्ने, ३९ बसमा सुरु भयो सेवा (भिडियो सहित)

काठमाडौँ – सार्वजनिक यातायातमा हुने खुद्रा पैसाको झन्झट, तोकिएभन्दा बढी...

नाडा टिमद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण : छलफल गर्ने आश्वासन

नाडा टिमद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण : छलफल गर्ने आश्वासन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले हालै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...