बीवाईडी सिलको सस्तो भर्सन ई७ ? ईभी ट्याक्सीको रुपमा प्रयोग हुने सम्भावना

बीवाईडीको इलेक्ट्रिक सेडानलाई चीनको सरकारी मन्त्रालयले दिएको नाम सार्वजनिक भएको छ । ई७ नाम दिइएको सो सेडान साइजका आधारमा हल्का छ भने यसको नाम पनि रोचक रहेको छ ।

बीवाईडीले पहिलो पटक बजारमा ल्याएको इलेक्ट्रिक भेइकलको नाम ई६ थियो । सो कार नेपाली बजारमा समेत उपलब्ध थियो । पछि यसलाई अपग्रेड गरी अल न्यु ई६ राखियो । यद्यपि बीवाईडीले यो भन्दा पछिल्लो समयमा कुनै पनि ईभीको नाम ई अल्फाबेटबाट राखेको थिएन ।

यो भन्दा पहिले कम मूल्यका इलेक्ट्रिक कारको नाम भने ई५ राख्ने गरिएको थियो । फर्स्ट जेनेरेसन किनको सस्तो अल–इलेक्ट्रिक भर्सनलाई यो नाम दिइएको थियो । अब फेरि ई जोर्डिएर आएको नामका कारण नयाँ ईभीको मूल्य पनि धेरै नहुने अनुमान भने गरिएको छ ।

नयाँ कार चीनमा उद्योग र सूचना प्रविधि मन्त्रालयमा दर्ता हुने गरेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४७८० एमएम, १९०० एमएम र १५१५ एमएम छ । यसको ह्विलबेस २८२० एमएम छ ।

रोचक तथ्य के छ भने यही नाप बीवाईडीले पहिले नै बजारमा ल्याएको इलेक्ट्रिक सेडान सिलसँग धेरै मिल्दोजुल्दो छ । जसको लम्बाई, चौडाई र उचाई क्रमशः ४८०० एमएम, १८७५ एमएम र १४६० एमएम छ तथा ह्विलबेस २९२० एमएम छ ।

यसका आधारमा ई७ चाहिं सिलको सस्तो भर्सन हो भनेर अनुमान समेत लगाइएको छ । यसमा १०० किलोवाटको इलेक्ट्रिक मोटर छ भने टप स्पिड १५० किलोमिटर प्रतिघण्टा छ । यसमा १६ इन्चको ह्विल छ ।

यी सबै तथ्यका आधारमा मूल्य कम गर्नका लागि यसमा केही फिचर कमी गरिएको छ र रेन्ज भने बढाइएको छ भन्न सकिन्छ । यसको ब्याट्री प्याकका वारेमा भने केही बताइएको छैन । यद्यपि यसमा बीवाईडीको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री प्रयोग हुने अनुमान गर्न सकिन्छ ।

यी सबै तथ्यका आधारमा भविष्यमा ई७ लाई राइड सेयरिङ सर्भिस वा ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने अनुमान गरिएको छ । यसो भयो भने बीवाईडी समेत इलेक्ट्रिक ट्याक्सी व्यवसायको बजारमा प्रवेश गर्ने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा पहिले सुजुकीका ट्याक्सी लोकप्रिय भइरहेको समयमा हाल टाटाको ईभी ट्याक्सीले बजार लिइरहेको छ । टाटाको एक्सप्रेस–टी ईभीले अहिले चर्चा पाएको छ । हालै ईभीइजी नाममा आएको सो ट्याक्सी जेएमईभी ब्रान्डको हो ।

नेपाली बजारमा बीवाईडीका ईभी हाल सर्बाधिक लोकप्रिय ईभीमा पर्छन् । भविष्यमा बीवाईडीले समेत ट्याक्सी भर्सन बजारमा ल्यायो भने अवश्य पनि अर्को प्रतिस्पर्धी थपिने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अटोपाइलटसँग जोडिएको समस्या समाधानका लागि टेस्लाले २० लाख ईभी फिर्ता गर्दै

अटोपाइलटसँग जोडिएको समस्या समाधानका लागि टेस्लाले २० लाख ईभी फिर्ता गर्दै

टेस्लाले संयुक्त राज्य अमेरिकामा ठूला २० लाख विद्युतीय सवारी साधन (ईभी)...

चलिरहेको ट्रकलाई सडकमै वायरलेस चार्ज गर्ने प्रविधि सफल

चलिरहेको ट्रकलाई सडकमै वायरलेस चार्ज गर्ने प्रविधि सफल

अमेरिकी इन्जिनियरहरूले विद्युतीय सवारी साधन चार्जिङ क्षेत्रमा ऐतिहासिक...

एक वर्षमा भित्रिए ५ अर्ब ३२ करोडका १ हजार ८ सय बढी विद्युतीय गाडी

एक वर्षमा भित्रिए ५ अर्ब ३२ करोडका १ हजार ८ सय बढी विद्युतीय गाडी

काठमाडौं – नेपालमा विद्युतीय गाडी आयात बढेको छ । गत वर्षसम्म न्युन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...