यी ४ पक्षमा अब्बल ठहरियो बीवाईडी डल्फिन, अष्ट्रेलियामा सम्मानित

काठमाडौं–अष्ट्रेलियामा हालै सम्पन्न एक अध्ययन अनुसार बीवाईडी डल्फिन अब्बल ठहरिएको छ । डल्फिनले ग्रीन एनक्याप, दाबी गरिएको इनर्जी ईफिसेन्सि, ब्याट्रीको साइज र ब्याट्रीको प्रकार जस्ता चार महत्वपूर्ण पक्षमा आफूलाई अब्बल साबित गर्दै ‘ग्रिनेष्ट ईभी’ बाट सम्मानित भएको हो ।

अष्ट्रेलियामा बिक्री हुँदै आएका २५ वटा ईन्ट्रि लेभल ईभीमा गरिएको उक्त अध्ययनमा बीवाईडी डल्फिनले ८.२३ स्कोर सहित टेस्ला मोडल–३ लाई पछि पारेको हो । सर्भेमा चिनमा निर्मित डासिया स्प्रिङ, बीवाईड एटो–३ र जिडब्लुएम ओरा ०३ क्रमश तस्रो, चौथो र पाँचौ स्थानमा परे ।

उक्त अध्ययनको सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा लिइएको ग्रीन एनक्यापमा बीवाईडी डल्फिनले सर्बाधिक अंक पाएको जनाइएको छ । त्यसपछि, डब्लुएलटिपीले दाबी गरेको रेन्जलाई आधार मानेर ईनर्जी इफिसेन्सीबारे अध्ययन गरिएको थियो । उक्त अध्ययनमा समेत डल्फिनले अन्य प्रतिस्पर्धीलाई पछि पारेको बताइएको छ ।

यसैगरी, ब्याट्रीको साइज र यसको प्रकार बारेमा गरिएको अध्ययनले पनि डल्फिनलाई नै उत्कृष्ट ठहराएको थियो । अन्य ईभीमा प्रयोग गरिएको एनसिएम ब्याट्रीको तुलनमा बिवाईडीले प्रयोग गर्दै आएको एलएफपी ब्याट्री उत्कृष्ट ठहरिएको हो ।

सम्बन्धित समाचारहरू

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...

बेइजिङ अटो शोमा ग्लोबल डेब्यु गर्दै बीवाईडी शार्क पिकअप

बेइजिङ अटो शोमा ग्लोबल डेब्यु गर्दै बीवाईडी शार्क पिकअप

बीवाईडीको नयाँ पिकअप ट्रकको नाम शार्क हुने र आगामी अप्रिल २५ देखि शुरु हुने...

टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...