भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक
भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...
ईभी निर्माता कम्पनी बीवाईडीले डीजेआईसँगको सहकार्यमा ‘लिङयुआन’ नामक भेइकल–माउन्टेड ड्रोन सार्वजनिक गरेको छ । सबै कम्पनीका लागि प्रयोगमा आउन सक्ने सो ड्रोन हाल चीनमा मात्र उपलब्ध हुने र यसको मूल्य १६ हजार युआन अर्थात करिव २ हजार २ सय डलर पर्ने चीनको सरकारी सञ्चार माध्यम सिन्हवाले जनाएको छ ।
हालै सांघाई आई नामक युट्युब च्यानलमा सार्वजनिक भएको बीवाईडीको भिडियो हेर्दा यसले एउटा साइन्स फिक्सनका भाइव दिन्छ । ड्राइभरले एउटा बटन थिच्दा नै यो सबै कार्य विस्तारै सम्भव हुन्छ ।
सीएनईभी पोस्टले जनाए अनुसार सो ड्रोनले २५ किलोमिटर प्रतिघण्टाको स्पिडमा टेक अफ र ल्यान्ड गर्न सक्छ । त्यसैगरी दुई किलोमिटरको दुरीभित्र स्वचालित रुपमा फर्किन सक्छ । यसमा सफ्टवेयर र अन्य सबै समावेश हुने भए पनि यो कसरी इन्स्टल हुन्छ भन्ने वारेमा भने अलि क्लियर छैन ।
बीवाईडी र डीजेआईले संयुक्त रुपमा शुरुवाती अवस्था देखि नै यसको विकास गरेको जानकारी बीवाईडीका चेयरम्यान वाङ चुआन्फुले दिएका छन् । उनले सेन्झेनस्थित चाइनिज टेक हबमा आयोजित लन्च इभेन्टमा सो जानकारी दिएको भनाइ छ । बीवाईडीले बाओ ८ एसयूभीमा यसलाई पि–इक्विप्ड गरेर सार्वजनिक गरेको र सो गाडी समेत सार्वजनिक गरेको छ ।
यद्यपि बीवाईडीले यस प्रकारको ड्रोन पहिलो पटक सार्वजनिक गरेको भने होइन । यसको लक्जरी ब्रान्ड याङवाङको यु८ एसयूभीको अफरोड भेरिएन्टको रुफरेलमा यसलाई पहिले नै लन्च गरेको थियो । तर यो हेर्दा अहिलेको ड्रोन भन्दा धेरै ठूलो देखिन्थ्यो ।
लिङयुआन हेर्दा डीजेआईको डक ३ ड्रोन जस्तो लाग्छ । यसलाई पावर लाइन इन्स्पेक्सन वा इमर्जेन्सी रेस्पोन्सका लागि प्रयोग गर्न सकिन्छ । डक ३ पनि मुभिङ भेइकलमा प्रयोग गर्न सकिन्छ । तर यसको मूल्य भने अलि महंगो हुन्छ ।
भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...
पोखरा – पोखराको आर्चलबोट चोकमा सीजी मोटर्स (नेटा) को शोरुम शुभारम्भ भएको छ ।...
चिनियाँ अटोमेकर कम्पनी बीवाईडीले दोस्रो त्रैमासिकमा इलेक्ट्रिक सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...