टाटा नेक्सन ईभीको लङ रेन्ज भर्सन हुनेछ नेक्सन ईभी म्याक्स, टिजर सार्वजनिक
टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको लङ रेन्ज...
काठमाडौं – बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘बीवाईडी चाइनिज न्यु इयर कप’ सम्पन्न भएको छ । शनिबार दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर–२३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको छ ।
चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा संयुक्त रुपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको हो ।

चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसंगै नेपालको प्रख्यात म्यूजिक ब्याण्ड कुटम्वले बिभिन्न गीत प्रस्तुत गरेको थियो । साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्याधिक मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रममा चीनका राजदुत चेन सोङ र नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता जनाएका थिए । कार्यक्रम भब्य रुपमा सफल भएको साइमेक्स इंक प्रालिले जनाएको छ ।

स्प्रिङ फेस्टिभल अर्थात वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापी रुपमा गहिरो सांस्कृतिक महत्व राख्छ, जसले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुवाततर्फको यात्रा दर्शाउछ । संयुक्त राष्ट्र संघले समेत हालै चाइनिज लुनार न्यु इयरलाई होलिडेको रुपमा मान्यता दिएकोले यसको विश्वव्यापी पहुँच र महत्वलाई जोड दिएको प्रमाणित हुन्छ । करिव २०० देश र क्षेत्रमा मनाइने स्प्रिङ फेस्टिभलले आनन्द र नवीकरणको भावनामा विविध संस्कृतिलाई जोड्ने काम गर्दछ ।

सो प्रतिस्पर्धाले दुई देशबिच उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काएको छ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाएको छ ।
यस प्रकारको प्रतिष्ठित इभेन्टको मुख्य प्रायोजकको नाताले बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेलेको बताएको छ । क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ । ‘बीवाईडी चाइनिज न्यु इयर कप’ जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको लङ रेन्ज...
काठमाडौं – डीएफएसके ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...
काठमाडौं, नेपाल – नामी ०१ प्रिमियम ह्याचब्याकको सफलतापछि एमएडब्ल्यू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...