चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

काठमाडौं – बीवाईडीले नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ का लागि सहकार्य गर्ने भएका छन् । चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्वपूर्ण खेलको मुख्य प्रायोजक बीवाईडी हुनेछ ।

बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुने जनाइएको छ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास लिइएको छ ।

यस प्रकारको प्रतिष्ठित इभेन्टको मुख्य प्रायोजकको नाताले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको भनाई छ ।

कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ । चाइनिज न्यु इयर कप जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने छ ।’

इभेन्टलाई सफल बनाउन समर्पित चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद लगायतका आयोजकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले सह–आयोजकहरु ‘नेपाल ओभरसिज चाइनिज एसोसिएसन’, अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘चाइजिन इन्टरप्राइजेज एसोसिएसन इन नेपाल’ प्रति आभार प्रकट गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...