थाइल्यान्डमा लन्च भयो बीवाईडीको सस्तो सानो इलेक्ट्रिक कार

बीवाईडीले थाइल्याण्डमा आफ्नो सबैभन्दा सानो इलेक्ट्रिक कार एट्टो १ लन्च गरेको छ। कम्पनीले बैंककमा आयोजित २०२६ बैंकक अन्तर्राष्ट्रिय मोटर शोमा सो गाडी लन्च गरेको हो ।

एट्टो १ लाई अन्तर्राष्ट्रिय बजारमा सिगल वा डल्फिन सर्फ नामले पनि चिनिन्छ । सहर क्षेत्रमा प्रयोगका लागि डिजाइन गरिएको सो कारको लम्बाइ ३९२५ एमएम, चौडाइ १७२० एमएम र उचाइ १५९० एमएम रहेको छ भने यसको ह्विलबेस २५०० एमएम छ । सो कार डायनामिक र प्रिमियम गरी २ भेरिएन्टमा उपलब्ध रहेको छ, जसमा ब्याट्री क्षमता र फिचर फरक फरक रहेका छन्।

लुक्स र सुविधाको हिसाबले एट्टो १ आधुनिक र आकर्षक देखिन्छ। यसमा एलईडी डे टाइम रनिङ लाइटसहित एलईडी हेडलाइट र टेललाइट, स्पोर्टी रियर स्पोइलर, फ्लोटिङ रूफ डिजाइन, १५ इन्चका अलोय ह्विल र रेन सेन्सिङ वाइपर जस्ता फिचर समावेश छ ।

बीवाईडी एट्टो १ मा इको, नर्मल र स्पोर्ट जस्ता ड्राइभिङ मोडहरू उपलब्ध छन् । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एयर प्युरिफायर, रियर भ्यु क्यामेरा, ६-वे पावर ड्राइभर सिट, ६ एयरब्याग, क्रुज कन्ट्रोल र एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम जस्ता प्रविधि उपलब्ध गराएको छ ।

एट्टो १ मा ३०.०८ किलोवाट आवरदेखि ३८.८८ किलोवाट आवरसम्मको ब्लेड एलएफपी ब्याट्री विकल्प दिइएको छ। एकपटक पूर्ण चार्ज गर्दा यसले ३०० किलोमिटरदेखि ३८० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। चार्जिङका लागि ६.६ किलोवाट एसी चार्जर र ३० किलोवाट डीसी फास्ट चार्जरको सुविधा रहेको छ। अगाडि जडान गरिएको इलेक्ट्रिक मोटरले ७४ हर्सपावर पावर र १३५ एनएमको टर्क उत्पादन गर्छ, जसले कारलाई ० देखि ५० किलोमिटर प्रतिघण्टा गति ५ सेकेन्डभन्दा कम समयमा पुर्‍याउन सक्षम बनाउँछ।

सम्बन्धित समाचारहरू

३०० किमी रेन्ज दिने ग्यारोको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?

३०० किमी रेन्ज दिने ग्यारोको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं – ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

सिट्रोनले नेपाली बजारमा नयाँ भेरिएन्टको ईभी ल्याउने

सिट्रोनले नेपाली बजारमा नयाँ भेरिएन्टको ईभी ल्याउने

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...