१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने
काठमाडौं – नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको...
चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले संसारकै सबैभन्दा ठुलो रोल–अन/रोल–अफ कार क्यारियरको रुपमा ‘बीवाईडी शेन्झेन’ सार्वजनिक गरेको छ । सो जहाजले एक पटकमा ९ हजार २ सय गाडी बोक्न सक्छ ।
दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको यो बीवाईडीको महत्वपूर्ण कदम हो । चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी ड्युल–फ्युल प्रविधियुक्त छ, जसमा बीवाईडीको अत्याधुनिक ब्याट्री प्याक र शाफ्ट जेनेरेटरद्वारा संचालन हुन्छ । यी प्रविधिले बीवाईडी शेन्झेनलाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।
बीवाईडी शेन्झेनले बीवाईडीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि बीवाईडी एक्स्प्लोरर नम्बर १, बीवाईडी हेफेई र बीवाईडी चाङझाउ जस्ता जहाजहरूले ७ हजार देखि ९ हजार २०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी अर्थात न्यु इनर्जी भेइकल आपूर्ति गरेका थिए।
बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पु-याउने योजना बनाएको छ, जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पु¥याउनेछ।
सन् २०२४ मा बीवाईडीले ४ लाख १७ हजार भन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो। विद्युतीय गाडीको माग बढ्दै जाँदा बीवाईडी नयाँ प्रविधि, दिगो समाधान र बलियो आपूर्ति प्रणालीसँगै अगाडि बढिरहेको छ।
काठमाडौं – नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको...
काठमाडौँ – नेपालमा ओमोडा र जेइको अटोमोबाइल्सको आधिकारिक वितरक एसपीजी...
काठमाडौं–लुयान नेपालले विन्टर राइड अफर ल्याएको छ । उक्त अफर अन्तर्गत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...