नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी
जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...
एलन मस्कको विश्व प्रसिद्ध कार निर्माता कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनीको रुपमा विश्वको दोस्रो स्थानमा ओर्लिएको छ । निक्की एसियाको रिपोर्ट अनुसार सन् २०२२ को पहिलो ६ महिनाको अवधिमा टेस्लाले ५ लाख ६४ हजार कार बिक्री गरेको छ भने बीवाईडीले ३०० प्रतिशत वृद्धि हासिल गर्दै ६ लाख ४१ हजार कार बिक्री गर्न सफल भएको छ ।
यो अवधिमा चीनमा टेस्लाका साथै लि अटो, एक्सपेङ र नियो लगायतका सांघाईमा अवस्थित ईभी मेकर कम्पनीलाई लकडाउनले प्रभावित गरेको थियो । तर बीवाईडीका धेरै कारखाना भएको स्थानमा लकडाउनले कम मात्र प्रभावित गरेको कारणले पनि बीवाईडीलाई सहज भएको बताइएको छ ।
प्रसिद्ध अर्बपति वारेन बफेटको कम्पनी बर्कसायर हाथवेको समेत केही सेयर भएको बीवाईडी ईभी ब्याट्री उत्पादक कम्पनीको रुपमा समेत एलजीलाई पछि पार्दै दोस्रो स्थानमा रहेको छ ।
टेस्लाले यो वर्ष धेरै कठिनाईको सामना गर्नु परिरहेको छ । टेस्लाको बर्लिन र अस्टिनमा रहेको गिगाफ्याक्ट्रिजमार्फत लकडाउनका कारण उत्पादन सहज भएन । यही वर्ष टेस्ला कारको मूल्य वृद्धि गरेको छ भने अटोपाइलट क्र्यासको वारेमा समेत अनुसन्धान भइरहेको छ भने अमेरिकाको संघीय कानुन उल्लंघनको वारेमा समेत कुरा उठ्ने गरेको छ ।
बीवाईडीले उत्पादन गरेको प्लग इन हाइब्रिड कारलाई समेत जोडिएकाले यति धेरै संख्या भएको भनेर समेत कतिपयले आलोचना गर्ने गरेका छन् । यद्यपि टेस्ला र बीवाईडी बीच आगामी दिनमा कडा टक्कर पर्ने अनुमान गर्न सकिन्छ ।
जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...
एक्सपेङले हालै लन्च गरेको नयाँ बिद्युतिय एसयुभी जी७ लाई १३० किलोमिटर...
काठमाडौं – चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा ३ हजार ८ सय युनिट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...