पैदल यात्रु बचाउन खोज्दा बीवाईडी एट्टो २ दुर्घटना, विष्फोट भएको भनेर फेक भिडियो भाइरल

काठमाडौं - सामाजिक सञ्जालमा अहिले बीवाईडी एट्टो २ ईभी विष्फोट भएको भनिएको भिडियो भाइरल बनेको छ । कल्याणी गौतमले टिकटकमा राखेको सो भिडियोमा भर्खरै सिमरामा ‘हेलो हेलो, भर्खर सिमरामा वान टेस्ट गाडी हेर्नु न । भर्खर लेर आको गाडी पड्केको हेर्नु न । यो इलेक्ट्रोनिक गाडीको केही भर हुँदो रहेनछ है ।’ भन्ने खालको बोली सुनिन्छ । वरिपरि अन्य मानिसहरु समेत घेरिएको सो भिडियो राखिएको देखिन्छ ।

सो भिडिओमा अधिकांश प्रयोगकर्ताले कमेन्ट गर्दै ईभी गाडी जोखिमपूर्ण रहेको बताएका छन् । केहीले आफूले ईभी गाडीको प्रयोग गर्ने बारेमा सोचेपनि उक्त घटनाले अब नकिन्ने सोच बनाएको समेत उल्लेख गरेका छन् ।

तर सो भिडियोको वास्तविकता भने अर्कै भएको नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक अन्तर्गतको साइमेक्स केयरले बताएको छ । कम्पनीले औपचारिक रुपमा यस सम्बन्धी जानकारी सार्वजनिक गर्दै उक्त सवारीसाधन विस्फोट नभएको बताएको छ ।

उक्त घटना सडक दुर्घटनाका कारण भएको र उक्त सवारीसाधन राजमार्गमा रहेको सडकछेउको रेलिङमा ठोक्किएको कम्पनीले स्पष्ट गरेको छ । कम्पनीले चालक चालक सुरक्षित भएको र उनलाई सामान्य चोटपटक मात्र लागेकोमा सन्तुष्टि समेत व्यक्त गरेको छ ।

दुर्घटनामा संलग्न सवारीसाधनलाई थप प्राविधिक परीक्षण तथा मूल्याङ्कनका लागि सुरक्षित रूपमा वीरगन्जस्थित बीवाईडी सर्भिस सेन्टरमा ल्याइएको र प्राविधिक टोलीले विस्तृत निरीक्षण गर्ने कम्पनीको भनाइ छ ।

बीवाईडीका लागि सुरक्षा सबैभन्दा उच्च प्राथमिकता भएको र भ्रमपूर्ण जानकारी नर्फलाउन तथा आधिकारिक स्रोतबाट आउने जानकारीमात्र विश्वास गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

प्रहरीले पनि गत शनिबार भएको सो घटनामा गाडी विष्फोट नभएको बताएको छ । प्रहरीले समेत अन–टेस्टमा रहेको उक्त गाडी बाटो काट्दै गरेको पैदल यात्रुलाई बचाउने क्रममा बायाँतर्फ राखिएको रेलिङमा ठोकिएर दुर्घटनामा परेको बताएको छ ।

गाडी पड्किएको वा ठुलो आगलागी भएको भन्ने कुरामा सत्यता नभएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी प्रदीप क्षत्रीले बताएका छन् । दुर्घटना हुँदा रेलिङमा ठोक्किएर केही झिल्का निस्किएको वा सामान्य धुवाँ देखिएको हुन सक्ने भए तापनि सामाजिक सञ्जालमा चर्चा गरिएजस्तो गाडी विस्फोट भएको अवस्था नभएको उनले बताएका छन् ।

सम्बन्धित समाचारहरू

किन किन्नु हुँदैन ‘आर एन्ड डी’ नभएको इलेक्ट्रिक स्कुटर ?

किन किन्नु हुँदैन ‘आर एन्ड डी’ नभएको इलेक्ट्रिक स्कुटर ?

नेपालमा इलेक्ट्रिक सवारी साधनको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ ।...

आइडी ३ ह्याचव्याकमा आधारित नयाँ इलेक्ट्रिक एसयूभी तयार पार्दै फक्सवागन

आइडी ३ ह्याचव्याकमा आधारित नयाँ इलेक्ट्रिक एसयूभी तयार पार्दै फक्सवागन

जर्मन अटो निर्माता फक्सवागनले हाल कारोबार भैरहेको इलेक्ट्रिक ह्याचव्याक...

नेपाली बजारमा आयो विद्युतबाट चल्ने लेक्ट्रो ई–साइकल : १० दिन सम्म १० हजार छुट पाइने

नेपाली बजारमा आयो विद्युतबाट चल्ने लेक्ट्रो ई–साइकल : १० दिन सम्म १० हजार छुट पाइने

काठमाडौं – निम्बस इन्टरनेसनल कम्पनीले नेपाली बजारमा लेक्ट्रो ई–साइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...