नेपालमा सम्पन्न भयो बीवाईडीको साउथ एसिया रिजनल डिलर मिट २०२२
काठमाडौं – विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक कम्पनी...
हालै अर्थात जनवरी १३ मा दक्षिण कोरियाली सरकारले चाइनिज न्यु इनर्जी भेइकल निर्माता कम्पनी बीवाईडीको एट्टो ३ लाई इमिसन तथा न्वाइज सर्टिफिकेटसन प्रदान गरेको छ । दक्षिण कोरियाको नेसनल इन्स्टिच्युट अफ इन्भाइरोमेन्टल रिसर्चले सो सर्टिफिकेट प्रदान गरेको हो ।
यस अनुसार बीवाईडी एट्टो ३ ले दक्षिण कोरिया प्रवेशका लागि आवश्यक सबै प्रक्रिया पुरा गरेको छ । यसैगरी बीवाईडीका अन्य ईभी सिल, डल्फिन र सिलायन ७ पनि यो प्रक्रियामा छन् ।
यस प्रकारको सर्टिफिकेसनले इलेक्ट्रिक सवारी साधनको पर्फमेन्सलाई प्रमाणित गरेको मानिन्छ । यसरी प्रदान गरिएको नतिजा अनुसार बीवाईडी एट्टो ३ ले समान्य अवस्थामा ३२१ किलोमिटर र कम तापक्रमको अवस्थामा ३०९ किलोमिटर रेन्ज दिने बताएको छ ।
बीवाईडीले यस सम्बन्धी औपचारिक जानकारी केही दिनमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसका साथमा दक्षिण कोरिया प्रवेश गर्दा यसको मूल्य समेत सार्वजनिक हुनेछ ।
बीवाईडी एट्टो ३ लाई चीनमा युआन प्लस नामले चिनिन्छ । यसको बेस मोडलको मूल्य चीनमा १ लाख १९ हजार ८०० युआन अर्थात १६ हजार ६५० डलर छ । कोरियामा यसको मूल्य ३ करोड ५० लाख कोरियन वन अर्थात करिव २३ हजार ९५० डलर पर्ने अनुमान गरिएको छ ।
दक्षिण कोरियाली ग्राहकले आगामी फेब्रुअरी देखि सो कार चढ्न पाउने अपेक्षा गरिएको छ । कोरियामा बीवाईडी प्रवेश गरे पश्चात अब यसको प्रतिस्पर्धा टेस्लाका साथै हुन्डाई र किया जस्ता घरेलु प्रतिस्पर्धीसँग समेत प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं – विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक कम्पनी...
पोखरा– पोखरामा सिट्रोन कारको नयाँ शोरुम सञ्चालनमा आएको छ । पोखराका लागि...
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व जैविक विविधता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...