भिनफास्टले भारतमा सुरु ग-यो उत्पादन, प्लान्टबाट बाहिरियो पहिलो भीएफ७ इलेक्ट्रिक एसयूभी
भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो...
चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीको नयाँ इलेक्ट्रिक क्रसओभर एसयूभी एट्टो३ एसयूभीले फाइभ स्टार युरो एनक्याप सेफ्टी रेटिङ प्राप्त गरेको छ । युरोपको प्रतिस्पर्धात्मक कार बजारमा प्रवेश गर्दै गरेको अवस्थामा बीवाईडीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।
अन्य दुई चाइनिज कार ईसिट्रोन सी५एक्स र माबिलाइज लिमोले समेत सो रेटिङ प्राप्त गरेका छन् ।
युरोपियन न्यु कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) ले सडक प्रयोगका लागि सवारी साधनलाई प्रमाणिकरण नगर्ने भएकाले यो बाध्यकारी भने छैन । तर पनि युरोपेली उपभोक्ताले युरो एनक्यापको सेफ्टी टेस्टलाई ध्यानपूर्वक चासो राख्छन् र कार निर्माताहरुले पनि यसका लागि राम्रो रेटिङ दिन चाहन्छन् ।
चीनमा युआन प्लसको नाममा बिक्री हुने बीवाईडी एट्टो३ केही दिन पहिले भारतमा लन्च भएको छ भने आगामी शनिबार नेपालमा लन्च हुँदैछ ।
गत साता जर्मन कार रेन्टल कम्पनी सिक्स्टले आगामी वर्षहरुमा बीवाईडीबाट १ लाख इलेक्ट्रिक कार किन्ने सम्झौता गरेको छ ।
भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो...
जिपको पहिलो फुल इलेक्ट्रिक मोडल अर्को वर्षको पहिलो ६ महिना भित्रै बजारमा...
नेपाली बजारमा नयाँ ईभी ह्याचब्याक दशै लगत्तै सार्वजनिक हुने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...