बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

नेपाली बजारमा चाइनिज इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी भित्रिएको ५ वर्ष पुरा भएको छ । सन् २०१७ मार्च ३० तारिखदेखि नेपालमा आधिकारिक वितरकको रुपमा साइमेक्स इंकले बीवाईडीका विद्युतीय सवारी बिक्री प्रारम्भ गरेको थियो ।

साइमेक्स इंकले पहिले इन्भर्टर र सोलार ब्याट्रीलगायतका विभिन्न उत्पादनहरु बिक्री गर्ने गरेको थियो । कुनै समयमा नेपालमा लोडसेडिङ हुने समयमा प्रशस्तै व्यापार गरेको साइमेक्स इंकको व्यवसाय नेपालमा लोडसेडिङ अन्त्य पश्चात भने इलेक्ट्रिक कारतर्फ मोडियो । लोडसेडिङ अन्त्य पश्चात नेपाली बजारमा पहिलो पटक सन् २०१७ को मार्चमा बीवाईडी ई६ इलेक्ट्रिक कार भित्र्याएर साइमेक्स इंक यो क्षेत्रमा प्रवेश गरेको थियो । शुरुमा १० युनिट गाडी नेपालमा भित्र्याएको यो समूहले भित्र्याएको गाडी प्रयोग गर्ने पहिलो व्यक्ति थिए तत्कालीन राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले । त्यसयता विभिन्न सरकारी निकायका साथै अन्य सबैले यो ब्रान्डका सवारी साधन प्रयोग गर्ने क्रममा तीव्रता आइरहेको छ ।

पछिल्लो समयमा बीवाईडीले नेपाली बजारमा उपलब्ध गराइरहेको नयाँ ई६ को निकै नै चर्चा छ । सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने मात्र नभएर नयाँ डिजाइन, नयाँ इन्टेरियर, नयाँ इन्फोटेनेमन्ट सिस्टम, नयाँ ब्लेड ब्याट्री र प्रशस्तै बुट स्पेस यो कारका प्रमुख विशेषता हुन् । हाल नेपाली बजारमा यो वाहेक बीवाईडीका ई६, ७ सिटर र ५ सिटर एम३ तथा २ सिटर टी३ समेत उपलब्ध छन् ।

बीवाईडीले नेपाल भित्रिएको ५ वर्ष पुरा भएर ६ वर्ष लागे पश्चात पहिलो नयाँ मोडलको रुपमा बीवाईडी एटो ३ भित्र्याउने भएको छ । करिव एक महिना भित्रै नेपाली बजारमा उपलब्ध हुने यो कारको वारेमा विस्तृत जानकारी र मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन ।

बीवाईडी एटो ३ चीन र अन्तर्राष्ट्रिय बजारमा बीवाईडी युआन प्लस वा एस२ को नामले बिक्री भइरहेको छ । यो ५०.१ र ६०.४ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध हुन्छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । बीवाईडीले पछिल्लो समयमा प्रयोग गर्दै आएको ब्लेड ब्याट्रीको लोकप्रियता अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको छ ।

८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ३२० देखि ४२० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ ।

बीवाईडी एटो ३ परम्परागत ईभी टाइप डिजाइनमा आधारित छ । यसमा इलेक्ट्रिक साइड सहितको प्यानोरामिक सनरुफ, रुफरेल, इलेक्ट्रिकल्ली हिटेड र एड्जस्टेबल साइड मिरर र १८ इन्चको अलोय ह्विललगायतका विशेषता छन् ।

यसको अघिल्लो भागमा इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट र पछिल्लो भागमा होरिजन्टल लाइट बारसँग जोडिएको एलईडी टेललाइट छ ।

भित्री भागमा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल छ । त्यसैगरी सिन्थेटिक लेदर अपहोल्स्टर्ड सिट, इलेक्ट्रिक पावर असिस्टेड स्टेयरिङ ह्विल र ५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ ।

सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिंगल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट, फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेट जस्ता सुविधा उपलब्ध छन् ।

सेफ्टी फिचरको रुपमा यसमा फ्रन्ट तथा रियर एयरब्याग, ईपीएस सहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, ट्रयाक्सन कन्ट्रोल सिस्टम, आइसोफिक्स र टायर प्रेसर मोनिटरिङ सिस्टम आदि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो ओमोडा ई५ लङ रेन्ज ईभी, अर्को साता लन्च हुने, मूल्य ५९ लाख ४९ हजार

नेपाल भित्रियो ओमोडा ई५ लङ रेन्ज ईभी, अर्को साता लन्च हुने, मूल्य ५९ लाख ४९ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने भनेर केही समय देखि चर्चामा रहेको...

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

विद्युतीय बाइक ‘यात्री मोटरसाइकल’ को बुकिङ खल्ती वालेटबाट गर्न सकिने

काठमाडाैं – नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री मोटरसाइकल पी–० र पी–१...

७ महिनामै भित्रिए ६ हजार बढी ईभी

७ महिनामै भित्रिए ६ हजार बढी ईभी

काठमाडौं – नेपालमा इलेक्ट्रिक भेइकल (ईभी)को प्रयोग पछिल्लोसमय तीव्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...