५२२ किमी रेन्ज दिने बीवाईडी ई६ को खुल्यो बुकिङ : दशैं अफरमा १ लाख छुट र निःशुल्क एसी चार्जर

काठमाडौं – नेपाली बजारमा हालै बिक्रीका लागि उपलब्ध बीवाईडीको इलेक्ट्रिक कार अल न्यु ई६ मा दशैं अफर सहित बुकिङ खुलेको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘इलेक्ट्रिफाइङ दशैं’ नामक अफरका साथ यो गाडीको बुकिङ समेत आधिकारिक रुपमा खुलेको बताएको छ ।

नेपाली बजारमा पहिले देखि नै बीवाईडीका इलेक्ट्रिक गाडी भए पनि हाल सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने अल न्यु बीवाईडी ई६ कार भित्रिएको हो । यो नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज भएको कार हो ।

बीवाईडी ई६ मा १०.१ इन्चको मल्टिमिडिया कारप्याड, एसी तथा डीसी फास्ट चार्जिङ, १७५ एमएम ग्राउन्ड क्लियरेन्स र ५८० एमएल स्पेसियस ट्रंक रहेको छ ।

नेपाली बजारमा अल न्यु बीवाईडी ई६ को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हाल दशैंको अवसरमा यो कारमा १ लाख रुपैयाँ नगद छुट उपलब्ध हुनेछ । यसका साथमा ७.२ किलोवाट आवरको एसी चार्जर समेत निःशुल्क उपलब्ध हुने बताइएको छ ।

पुरानो कुनै पनि ब्रान्डको पेट्रोलियम कारसँग नयाँ अल न्यु बीवाईडी ई६ साट्न समेत सकिने छ । यसरी साट्दा एक्सचेन्ज बोनसको रुपमा समेत निश्चित रकम छुट हुनेछ ।

इलेक्ट्रिक गाडीका लागि विभिन्न बैंकहरुले ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउने गरेका छन् । त्यसैले शुरुमा २० प्रतिशत रकम मात्र डाउन पेमेन्ट गरेर यसलाई आफ्नै गाडी बनाउन पनि सकिन्छ ।

बीवाईडीले हाल काठमाडौंका विभिन्न ६ स्थानका साथै भक्तपुर, पोखरा, लुम्बिनी, बुटवल, चितवन, हेटौंडा, बर्दिवास, इटहरी र विर्तामोडमा एसी फास्ट चार्जर निर्माण गरिसकेको छ भने धनगढी, सुर्खेत, नेपालगन्ज, लमही, मुग्लिङ, वीरगन्ज, धुलिखेल, धरान र विराटनगरमा छिट्टै नै चार्जिङ स्टेसन सञ्चालनमा आउने बताइएको छ । यी स्थानमा ४० किलोवाट आवरको एसी फास्ट चार्जर हुनेछ ।

बीवाईडी अल न्यु ई६ मा ८ वर्ष वा ५ लाख किलोमिटर गुड्दा सम्म ब्याट्री वारेन्टी उपलब्ध हुने साइमेक्स इंकले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

नेपाली युवाहरुले बनाएको दुई इलेक्ट्रिक बाइक मूल्य सहित आज सार्वजनिक हुँदै

काठमाडौं – असिम पाण्डे नेतृत्वको युवा समूहले तयार गरेका दुई मोडलका...

अल्ट्राभायोलेटको नयाँ स्कुटर २ हप्तामा ५० हजार बुकिङ, रेन्ज २६० किलोमिटर

अल्ट्राभायोलेटको नयाँ स्कुटर २ हप्तामा ५० हजार बुकिङ, रेन्ज २६० किलोमिटर

अल्ट्राभायोलेट अटोमोटिभले आफ्नो टेसेरेक्ट इलेक्ट्रिक स्कूटरको लागि...

प्रारम्भिक मूल्य ६९ लाख ९९ हजारका साथ नेपालमा नयाँ एमजी एस६ ईभी सार्वजनिक

प्रारम्भिक मूल्य ६९ लाख ९९ हजारका साथ नेपालमा नयाँ एमजी एस६ ईभी सार्वजनिक

काठमाडौं – नेपालका लागि मोरिस ग्यारेज अर्थात एमजी मोटर्सको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...