देशभर ५० स्थानमा छन् बीवाईडीका फास्ट चार्जर, यात्राका लागि चिन्ता नलिन आग्रह

काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर ५० फास्ट चार्जर संचालनमा रहेको जनाएको छ । देशका विभिन्न स्थानमा रहेका यी चार्जरमार्फत निर्धक्कका साथ यात्रा गर्न समेत साइमेक्स इंकले आग्रह गरेको छ ।

गत असोज महिना सम्म विभिन्न ३७ स्थानमा यस्ता चार्जर रहेकोमा हाल यो संख्या बढिरहेको र भविष्यमा समेत चार्जर विस्तार कार्य जारी रहने समेत कम्पनीको भनाइ छ । यस अनुसार ४४ डीसी फास्ट चार्जर र ६ स्थानमा एसी फास्ट चार्जर समेत रहेका छन् । डीसी फास्ट चार्जर ३० किलोवाट र एसी फास्ट चार्जर ४० किलोवाट क्षमताका छन् ।

लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्जका दुई स्थान, तुलसीपुरका दुई स्थान र बुटवलका तीन स्थानका साथै लमही, घोराही, अमिलिया, प्युठान, भैरहवा र कोहलपुर गरी विभिन्न १३ स्थानमा डीसी फास्ट चार्जर छन् । त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत पोखराका सात स्थान र डुम्रे गरी आठ स्थानमा तथा बागमती प्रदेश अन्तर्गत गुहेश्वरीका दुई स्थान, कुरिनटारका दुई स्थान र चितवनका चार स्थान तथा अनामनगर, नक्साल, ललितपुर, सल्लाघारी र सोल्टीमोड गरी १३ स्थानमा डीसी फास्ट चार्जर रहेका छन् ।

कोशी प्रदेश अन्तर्गत इटहरी, विर्तामोड र विराटनगरका दुई दुई स्थान तथा दमक गरी सात स्थानमा यस्ता चार्जर रहेका छन् भने मधेश प्रदेश अन्तर्गत वीरगन्ज, जनकपुर र बर्दिबास गरी तीन स्थानमा यस्ता चार्जर छन् ।

४० किलोवाटको एसी फास्ट चार्जर चाहिं नेपालगन्जको नमस्ते भिलेज रिसोर्ट, तुलसीपुरको होटल वेस्टर्न प्यालेस, धनगढीको होटल रुवस, काठमाडौं मित्रपार्कको होटल ग्रान्ड भ्यु, बीवाईडी विराटनगर सर्भिस सेन्टर र चितवनको अस्टभुजा आयल डिस्ट्रिब्युटरमा रहेका छन् ।

साइमेक्स इंकले देशभर रहेका फास्ट चार्जरमार्फत आफ्नो गाडी चार्ज गर्न र विशेष अवस्थामा कुनै रोड साइड असिस्टेन्स वा इमर्जेन्सी सर्भिस चाहिएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

यसका लागि देशभरमा रहेका विभिन्न सर्भिस नेटवर्क र अन्य जानकारी समेत उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

क्रसफायरले घटायो ३ मोडलका बाइकको मूल्य, एउटै बाइकमा घट्यो ७१ हजार रुपैयाँ

क्रसफायरले घटायो ३ मोडलका बाइकको मूल्य, एउटै बाइकमा घट्यो ७१ हजार रुपैयाँ

काठमाडौं – क्रसफायर बाइकको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स...

पेरिस मोटर शोमा यस्तो छ बीवाईडीको प्रस्तुति : युरोपेली बजारलाई अझै दरिलो बनाउने तयारी

पेरिस मोटर शोमा यस्तो छ बीवाईडीको प्रस्तुति : युरोपेली बजारलाई अझै दरिलो बनाउने तयारी

चाइनिज कार ब्रान्ड बीवाईडीले हालै चलिरहेको पेरिस मोटर शोमार्फत युरोपेली...

भारतमा निर्मित टोयोटा कारलाई सेफ्टि टेष्टमा शून्य स्टार रेटिङ

भारतमा निर्मित टोयोटा कारलाई सेफ्टि टेष्टमा शून्य स्टार रेटिङ

भारतमा निर्मित टोयोटा स्टारलेटले ग्लोवल एनक्यापको क्र्यास टेष्टमा शून्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...