नयाँ वर्षमा बससेवाको अफरै अफरः ८२ फ्रि टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म

काठमाडौँ - सार्वजनिक बसको नेपालको एक मात्र अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा विभिन्न अफर ल्याइएको कम्पनीले जनाएको छ ।

बससेवाको नयाँ वर्ष अफर ६ वैशाखसम्म लागू हुनेछ । यस अवधिमा बससेवामार्फत बसको टिकट काट्ने यात्रुहरू यस योजनामा सहभागी हुन सक्नेछन् । अफरको बम्पर उपहारस्वरूप एक जना भाग्यशाली विजेताले ८२ हजार रुपैयाँ नगद उपहार पाउनेछन् ।

यसैगरी ४ जना विजेताले ८ हजार २०० रुपैयाँ नगद जित्न सक्ने बससेवाले जनाएको छ । यस्तै अफर अवधिभरमा टिकट काट्नेमध्ये ८२ जनाले निःशुल्क टिकट प्राप्त गर्नेछन् भने हरेक टिकट बुकिङमा ५०० रुपैयाँसम्मको क्यासब्याक अफर राखिएको छ ।

अर्थात, हरेक टिकट काट्दा अधिकतम ५०० रुपैयाँसम्म नगद तत्कालै यात्रुको वालेटमा फिर्ता आउनेछ । नगद उपहार र निःशुल्क टिकट योजनामा एउटा एकाउन्टबाट काटिएको एउटा टिकट मात्र समावेश हुनेछ । यस अफरमा सहभागी हुन बससेवाको मोबाइल एप अथवा वेबसाइटमार्फत टिकट काट्नुपर्ने कम्पनीले जनाएको छ ।

मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी विभिन्न गन्तव्यका बसको सिट बुक गर्न सक्छन् । अथवा, वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकमबाट पनि टिकट काट्न सकिन्छ । निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ । त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा — ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै...

आज देशभरका यी राजमार्ग छन् अवरुद्ध

आज देशभरका यी राजमार्ग छन् अवरुद्ध

काठमाडाैं । वर्षा र पहिरोका कारण नेपालका विभिन्न राजमार्गहरू अवरुद्ध भएका...

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...