दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता : २४सै घण्टा खट्दै प्रहरी, चेकिङ बढाइने
काठमाडौं – सवारी दुर्घटना न्युनीकरण गर्न आफूहरु दिनरात खटिएको महानगरीय...
हुम्ला – रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक बस पु–याइएको छ । गोरखापत्रमा प्रकाशित समाचार अनुसार राष्ट्रिय सडक सञ्जालसँग उत्तरी हुम्ला नजोडिएको भए पनि हिल्सा–सिमकोट खण्डमा यातायात सेवा सञ्चालन गर्न बस चिनियाँ ट्रकमा ढुवानी गरेर ल्याइएका हुन् । ट्रकले बस बोकेको भाडा सात लाख रुपैयाँ रहेको बताइएको छ ।
यातायात व्यवसायी विजय लामाले पहिलो पटक सार्वजनिक यातायात हिल्सामा पु–याएका हुन् । हाललाई दुई वटा बस हिल्सामा ल्याइएका छन् । उनले कर्णाली कोरिडोरको हिल्सा–सिमकोट खण्डको ९५ किलोमिटर दूरीमा यातायात सेवा सञ्चालनका लागि बस ल्याइएको बताए । बस चल्ने सडक भने कच्ची छ ।
उनले हुम्लावासीको माग अनुसार जिल्ला सदरमुकाम सिमकोटदेखि हिल्सा सडक खण्डमा सञ्चालन हुने गरी बस ल्याइएको बताए । हाल स्थानीयका बोलेरो जिपले उक्त सडक खण्डको सिमकोटबाट हिल्सासम्म रिजर्भ गर्दा पचास हजार रुपैयाँ भाडा लिएर यात्रु ओसार्ने कार्य गर्दै आएका छन् । सो भाडा अनुसार प्रतियात्रु छ हजारभन्दा बढी पर्न आउँछ । उनले छोटै दूरीको यात्रा निक्कै धेरै महँगो रहेको र त्यसमा पनि भनेको बेला सवारी नपाइने समस्या रहेको बताए । यसअघि एउटा बस हिल्सा आइपुगेको थियो भने तीन दिनको यात्रापछि आइतबार साँझ अर्को बस पनि हिल्सामा आइपुगेको छ ।
अब ती बस हिल्साबाट सदरमुकाम सिमकोट छ घण्टामा पुग्ने छन् । उनले भाडा दर मिलाएर निर्धारण गरिने बताए । २५ सिट क्षमताका दुई वटा बसको लागत करिब एक करोड रहेको व्यवसायी लामाले बताए ।
बसको बडी सुर्खेतमा तयार गरिएको थियो । हिल्सा पुगेका बस सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध गराइएको छ । बसमार्फत सेवा दिँदा भाडादर सस्तो बनाउने तयारी उनको छ । हिल्सा नाकामा बस लिन सवारी चालक सिमकोटबाट हिल्सा पुगिसकेका छन् । दुवै बस सिमकोटमा पुगेपछि चाँडै नियमित रूपमा सिमकोट–हिल्सा सडक खण्डमा सञ्चालन गर्ने तयारी छ ।
चीनको सडकमा बस गुडाएर लैजान नमिल्ने भएकाले ट्रकमा लोड गरेर बस पठाइएको हो । चिनियाँ सडकमा नेपाली नम्बर प्लेटका गाडी गुडाउने अनुमति नहुँदा केरुङदेखि ट्रकमा लोड गरी ल्याउनु परेको हो । हुम्लाको सदरमुकाम सिमकोट अझै पनि राष्ट्रिय राजमार्गसँग जाडिएको छैन । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले कर्णाली कोरिडोरको सलिसल्ला–सिमकोट खण्डको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सिमानामा पर्ने छारेको चट्टानी भिरमा सडक निर्माण कार्य जारी रहेको बताए । उनले अब सेनाले दुई सय मिटर भिर छिचोल्न बाँकी रहेको तर भिर अलि असजिलो भएका कारण काममा ढिलाइ भइरहेको बताए ।
काठमाडौं – सवारी दुर्घटना न्युनीकरण गर्न आफूहरु दिनरात खटिएको महानगरीय...
काठमाडौं – राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने...
सरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...