चिनियाँ ट्रकमा यात्रा गर्दै हिल्सामा पहिलो पटक पुग्यो बस

हुम्ला – रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक बस पु–याइएको छ । गोरखापत्रमा प्रकाशित समाचार अनुसार राष्ट्रिय सडक सञ्जालसँग उत्तरी हुम्ला नजोडिएको भए पनि हिल्सा–सिमकोट खण्डमा यातायात सेवा सञ्चालन गर्न बस चिनियाँ ट्रकमा ढुवानी गरेर ल्याइएका हुन् । ट्रकले बस बोकेको भाडा सात लाख रुपैयाँ रहेको बताइएको छ ।

यातायात व्यवसायी विजय लामाले पहिलो पटक सार्वजनिक यातायात हिल्सामा पु–याएका हुन् । हाललाई दुई वटा बस हिल्सामा ल्याइएका छन् । उनले कर्णाली कोरिडोरको हिल्सा–सिमकोट खण्डको ९५ किलोमिटर दूरीमा यातायात सेवा सञ्चालनका लागि बस ल्याइएको बताए । बस चल्ने सडक भने कच्ची छ ।

उनले हुम्लावासीको माग अनुसार जिल्ला सदरमुकाम सिमकोटदेखि हिल्सा सडक खण्डमा सञ्चालन हुने गरी बस ल्याइएको बताए । हाल स्थानीयका बोलेरो जिपले उक्त सडक खण्डको सिमकोटबाट हिल्सासम्म रिजर्भ गर्दा पचास हजार रुपैयाँ भाडा लिएर यात्रु ओसार्ने कार्य गर्दै आएका छन् । सो भाडा अनुसार प्रतियात्रु छ हजारभन्दा बढी पर्न आउँछ । उनले छोटै दूरीको यात्रा निक्कै धेरै महँगो रहेको र त्यसमा पनि भनेको बेला सवारी नपाइने समस्या रहेको बताए । यसअघि एउटा बस हिल्सा आइपुगेको थियो भने तीन दिनको यात्रापछि आइतबार साँझ अर्को बस पनि हिल्सामा आइपुगेको छ ।

अब ती बस हिल्साबाट सदरमुकाम सिमकोट छ घण्टामा पुग्ने छन् । उनले भाडा दर मिलाएर निर्धारण गरिने बताए । २५ सिट क्षमताका दुई वटा बसको लागत करिब एक करोड रहेको व्यवसायी लामाले बताए ।

बसको बडी सुर्खेतमा तयार गरिएको थियो । हिल्सा पुगेका बस सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध गराइएको छ । बसमार्फत सेवा दिँदा भाडादर सस्तो बनाउने तयारी उनको छ । हिल्सा नाकामा बस लिन सवारी चालक सिमकोटबाट हिल्सा पुगिसकेका छन् । दुवै बस सिमकोटमा पुगेपछि चाँडै नियमित रूपमा सिमकोट–हिल्सा सडक खण्डमा सञ्चालन गर्ने तयारी छ ।

चीनको सडकमा बस गुडाएर लैजान नमिल्ने भएकाले ट्रकमा लोड गरेर बस पठाइएको हो । चिनियाँ सडकमा नेपाली नम्बर प्लेटका गाडी गुडाउने अनुमति नहुँदा केरुङदेखि ट्रकमा लोड गरी ल्याउनु परेको हो । हुम्लाको सदरमुकाम सिमकोट अझै पनि राष्ट्रिय राजमार्गसँग जाडिएको छैन । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले कर्णाली कोरिडोरको सलिसल्ला–सिमकोट खण्डको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सिमानामा पर्ने छारेको चट्टानी भिरमा सडक निर्माण कार्य जारी रहेको बताए । उनले अब सेनाले दुई सय मिटर भिर छिचोल्न बाँकी रहेको तर भिर अलि असजिलो भएका कारण काममा ढिलाइ भइरहेको बताए ।

सम्बन्धित समाचारहरू

काठमाडौं उपत्यकामा सडक दुर्घटनाका घटनामा आयो कमी, यस्तो छ तथ्य र कारण

काठमाडौं उपत्यकामा सडक दुर्घटनाका घटनामा आयो कमी, यस्तो छ तथ्य र कारण

काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा दुर्घटना र...

बागमती प्रदेशभित्र गाडी भाडामा डिजिटल भुक्तानी प्रणालीको काम रोकियो

बागमती प्रदेशभित्र गाडी भाडामा डिजिटल भुक्तानी प्रणालीको काम रोकियो

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको भाडा...

द क्लिफ रिसोर्टमा बन्यो नेपालकै पहिलो स्काइ चियर, निषेधाज्ञा पश्चात खुल्ने

द क्लिफ रिसोर्टमा बन्यो नेपालकै पहिलो स्काइ चियर, निषेधाज्ञा पश्चात खुल्ने

पाेखरा – एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...