आउने भयो होन्डाको ‘बुलेट’ बाइक

होन्डाले मार्च २ मा नयाँ बाइक लन्च गर्ने संकेत दिएको छ । यो नियो–रेट्रो स्टाइल बाइक सीबी३५० को क्याफे रेसर भर्सन हुनेछ । सो बाइकमा ३४८ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिनुका साथै केही अपडेट पनि हुनेछ ।

सो बाइकको विशेषता भनेको यो ई२० फ्युलबाट पनि चलाउन सकिनेछ । ई२० भनेको इथानोल र पेट्रोलको मिश्रण हो, जसमा ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथानोल मिश्रण हुन्छ । सो इन्जिनले २०.८ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ५ स्पिड गियरबक्स हुनेछ ।

क्याफे रेसर भर्सन आकर्षक बनाउन डिजाइनमा परिवर्तन गर्ने सम्भावना छ । यदि यसो भयो भने सो बाइकले हाल बजारमा उपलब्ध रोयल इन्फिल्डका बुलेट बाइकलाई टक्कर दिने अनुमान गरिएको छ ।

यसमा नयाँ एलईडी लाइटिङ, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ड्युअल च्यानल एबीएस अपडेट गरिने छ । यद्यपि, बाइकमा टेलिस्कोपिक फ्रन्ट फोक्र्स र पछाडि ड्युअल शक्स, अलोय ह्लिलको साथमा रियर र फ्रन्टमा डिस्क ब्रेक यथावत् रहनेछ ।

यो बाइकको बिक्री मार्चको अन्त्यबाट सुरु हुने अपेक्षा गरिएको छ । लन्चिङ पछि सो बाइकले रोयल इनफिल्ड हन्टर ३५० र जावा ४२ जस्ता रेट्रो बाइकसँग समेत प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्याउने भयो २८४ एमएम ग्राउन्ड क्लियरेन्स भएको ३०० सीसीको ड्युअल स्पोर्ट सीआरएफ मोडल

होन्डाले ल्याउने भयो २८४ एमएम ग्राउन्ड क्लियरेन्स भएको ३०० सीसीको ड्युअल स्पोर्ट सीआरएफ मोडल

होन्डाले भारतमा सीआरएफ ३००एल बाइक नेम पेटेन्ट गरेको छ । यसको अर्थ आगामी...

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...

होन्डा नयाँ बाइकको टिजर सार्वजनिक ग-यो, हन्टर ३५० लाई कडा प्रतिस्पर्धा दिने

होन्डा नयाँ बाइकको टिजर सार्वजनिक ग-यो, हन्टर ३५० लाई कडा प्रतिस्पर्धा दिने

होन्डा बिगविङले नयाँ बाइकको टिजर सार्वजनिक गरेको छ । सो बाइकले रोयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...