सुरुङ मार्ग, फ्लाइओभर र अन्य सडकका लागि कति बजेट ? यस्तो छ बजेट व्यवस्था

सरकारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड करोड विनियोजना गरेको जनाएका छन् ।

सरकारले आगामी वर्षका लागि फ्लाइओभर, इन्टर सेक्सन र सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्दै नागढुँगा– नौविसे सुरुङमार्ग निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गरिने बताए । उनका अनुसार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

ग्वार्को चोकमा फ्लाईओभर निर्माण गरेर यातायात सञ्चालन हुनेछ । यो निर्माणाधीन छ । कोटेरश्वरमा इन्टरेक्सन निर्माण थाल्ने योजना छ । जापान सरकारको सहयोगमा इन्टरसेक्सन निर्माण गर्न लागिएको हो ।

रेलमार्ग विकास लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल– नारायणगढ र कमला–कन्चपुर ४ लेनमा विस्तार कार्य आगामी वर्ष पूरा गर्ने बताए ।

काकडभिट्टा लौकही, बुटवल–गोरुसिंगे विस्तारको काम सुरु हुने छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड रुपैयाँ छुट्याइएको छ ।

मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड, हुलाकी सडकका लागि ३ अर्ब ३० करोड रुपैयाँ, उत्तर–दक्षिण करिडोरका लागि ४ अर्ब ४३ करोड रुपैयाँ, मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको छ ।

नागढुगा नौबिसे मुग्लिन ४० किमी स्तरोन्नति गर्न ९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन भएको छ ।

सम्बन्धित समाचारहरू

विगतका बडादशैं भन्दा काठमाडौं उपत्यकामा यो वर्ष भयो बढी चहलपहल

विगतका बडादशैं भन्दा काठमाडौं उपत्यकामा यो वर्ष भयो बढी चहलपहल

काठमाडौं – बडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल...

तनहुँको आँबुखैरेनीमा सडक भासियो , मुग्लिन सडक खण्डमा एकतर्फी सवारी सञ्चालन

तनहुँको आँबुखैरेनीमा सडक भासियो , मुग्लिन सडक खण्डमा एकतर्फी सवारी सञ्चालन

काठमाडौं – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४...

पृथ्वीराजमार्ग सडक विस्तार अन्तर्गत भयो पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

पृथ्वीराजमार्ग सडक विस्तार अन्तर्गत भयो पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ – पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...