सुरुङ मार्ग, फ्लाइओभर र अन्य सडकका लागि कति बजेट ? यस्तो छ बजेट व्यवस्था

सरकारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड करोड विनियोजना गरेको जनाएका छन् ।

सरकारले आगामी वर्षका लागि फ्लाइओभर, इन्टर सेक्सन र सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्दै नागढुँगा– नौविसे सुरुङमार्ग निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गरिने बताए । उनका अनुसार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

ग्वार्को चोकमा फ्लाईओभर निर्माण गरेर यातायात सञ्चालन हुनेछ । यो निर्माणाधीन छ । कोटेरश्वरमा इन्टरेक्सन निर्माण थाल्ने योजना छ । जापान सरकारको सहयोगमा इन्टरसेक्सन निर्माण गर्न लागिएको हो ।

रेलमार्ग विकास लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल– नारायणगढ र कमला–कन्चपुर ४ लेनमा विस्तार कार्य आगामी वर्ष पूरा गर्ने बताए ।

काकडभिट्टा लौकही, बुटवल–गोरुसिंगे विस्तारको काम सुरु हुने छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड रुपैयाँ छुट्याइएको छ ।

मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड, हुलाकी सडकका लागि ३ अर्ब ३० करोड रुपैयाँ, उत्तर–दक्षिण करिडोरका लागि ४ अर्ब ४३ करोड रुपैयाँ, मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको छ ।

नागढुगा नौबिसे मुग्लिन ४० किमी स्तरोन्नति गर्न ९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन भएको छ ।

सम्बन्धित समाचारहरू

सडकमा गुड्दै गर्दा यस्ता कुरामा ध्यान दिऔं

सडकमा गुड्दै गर्दा यस्ता कुरामा ध्यान दिऔं

सडकको दुरावस्था, अपर्याप्त सडक फर्निचर र ट्राफिक नियमको बेवास्ताका कारण...

ग्वार्को फ्लाइओभर बनाउने निर्माण कम्पनी नै घाटामा, काम अझै नसकिदा म्याद थप्ने तयारी

ग्वार्को फ्लाइओभर बनाउने निर्माण कम्पनी नै घाटामा, काम अझै नसकिदा म्याद थप्ने तयारी

काठमाडौं – ठेकेदार कम्पनी आषिश–समानान्तर–रेलिगेर जेभी काठमाडौंलाई...

सरकारको कोटेश्वर,सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण सुरू गर्ने घोषणा

सरकारको कोटेश्वर,सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण सुरू गर्ने घोषणा

काठमाडौं – सरकारले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...