जावा पछि अब बीएसएको पालो : महिन्द्राले बीएसए बाइक ब्रिटेनमा लन्च गर्ने

महिन्द्रा आफ्नो प्रोडक्सन विदेशमा पनि शुरु गर्ने तयारीमा रहेको छ । महिन्द्राले जावा मोटरसाइकललाई आफ्नो मातहत ल्याए पश्चात अब बीएसए बाइक पनि लन्च गर्ने भएको छ ।

महिन्द्रा ग्रुपका चेयरम्यान आनन्द महिन्द्राले सन् २०२१ मा ब्रिटेनमा बीएसएको नयाँ बाइक ब्लासिक लिजेन्ड्सको तर्फबाट एसेम्बल गर्ने बताएका छन् । क्लासिक लिजेन्ड्सले नै जावा बाइक पनि उत्पादन गर्ने गर्छ ।

गार्जियनमा प्रकाशित रिपोर्ट अनुसार नयाँ बीएसए बाइक प्रोडक्सनको लागि लगभग तयारी अवस्थामा रहेको छ । यद्यपि कम्पनी हालको लागि ब्रेक्जिटसँग वार्ताको लागि प्रतिक्षा गरिरहेको छ । रिपोर्टका अनुसार सो बाइक भारतमा नै एसेम्बल गर्ने सम्भावना रहेको जानकारी दिइएको छ ।

बीएसए बाइक सन् १८६१ मा स्थापित बर्मिघम स्माल आर्म्स नामक एक हतियार निर्माताको रुपमा शुरुवात गरिएको हो । त्यसपछि २० औं शताब्दीको शुरुवातमा कम्पनीले मोटरसाइकल सेगमेन्टमा निकै लोकप्रियता पाएको थियो । कम्पनीको बाइक डिभिजन १९६० मा डगमगाएको थियो र १९७२ मा बन्द भएको थियो । सो बाइक पुनः जागरण हुने विश्वास गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...