यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

भारतमा डेढ बर्षअघि नै बीएस६ मापदण्डलाई अनिवार्य गरिएपनि नेपालमा भने बीएस४ मापदण्डकै मोटरसाइकल तथा स्कुटर अत्यधिक मात्रामा आयात भैरहेका छन् । नेपालमा बीएस६ लाई अनिवार्य नगरिएका कारण बीएस४ मापदण्डकै यस्ता सवारीसाधन बिक्री–वितरण भैरहेको हो । बीएस अर्थात भारत स्टेज मुलतः इन्जिनको मापदण्डसँग सम्बन्धित छ ।

इन्जिनबाट उत्सर्जन हुने प्रदूषणको मात्रालाई कम गर्दै लैजाने उद्देश्य अनुरुप सरकारी निर्देशनमा अटो उत्पादकहरुले यस्ता सवारीसाधन उत्पादन गर्न थालेका हुन् । भारतमा बीएसजस्तै युरोप र अन्य देशहरुमा भने युरो मापदण्ड लागू हुँदै आइरहेको छ ।

बीएस६ मा एफआई अर्थात फ्युल इन्जेक्सन प्रविधि र १५० सीसी भन्दा माथि एबीएस अनिवार्य गरिएको छ । साथै यस्ता बाइक तथा स्कुटरमा प्रयोग हुने लाइटलाई समेत अनिवार्य एलईडी हुनुपर्ने व्यवस्था गरिएको छ । यसो भन्दैमा एफआई प्रविधि भएका सबै बाइक तथा स्कुटर बीएस६ मापदण्डका हुन्छन् भन्ने होइन । यो प्रविधिलाई यसअघिका बीएस४ मा समेत प्रयोग गरिदै आइएको छ । जस्तो यामाहाका अधिकांश बीएस४ बाइक र स्कुटरमा समेत एफआई इन्जिन जडान गरिएको छ भने बजाज पल्सर एनएस २०० मा एबीएस र एफआई दिइएपनि यो बीएस४ मापदण्डको मोटरसाइकल हो । बजाजले हालसम्म बीएस६ बाइकलाई नेपाल भित्र्याउन सकिरहेको छैन । फ्युल इन्जेक्सनले प्रदूषणको मात्रा कम गर्ने हुँदा यसलाई बीएस६ मापदण्डमा अनिवार्य गरिएको हो ।

हाल होन्डाले ग्राजिया १२५ स्कुटर र टीभीएसले एनटर्क १२५ र आरटीआर २०० ४भीको बीएस६ भर्सन भित्र्याएका छन् । टीभीएसले यसलाई आरटीएफआई अर्थात रेस ट्युन्ड फ्युल इन्जेक्सन भनेको छ ।

बीएस४ बाट बीएस६ मा अपग्रेड हुँदा यस्ता बाइक र स्कुटरको मूल्य समेत महंगो पर्ने देखिएको छ । यसरी अपग्रेड हुने क्रममा सबैभन्दा महंगो होन्डा देखिएको छ । बीएस४ मापदण्डको होन्डा ग्राजियालाई नेपालमा स्याकर ट्रेडिङले २ लाख २४ हजार ९ सयदेखि २ लाख ४७ हजार ९ सय रुपैयाँसम्ममा कारोबार गर्दै आइरहेकोमा बीएस६ को मूल्य २ लाख ६९ हजार ९ सयदेखि २ लाख ८९ हजार ९ सय रुपैया निर्धारण गरिएको छ । होन्डाले यो स्कुटरमा ४५ हजार रुपैयाँसम्म मूल्य बढाएको हो ।

टीभीएसले केही समयअघि मात्र भित्र्याएको एनटर्क बीएस६ रेस एडिसनको मूल्य बीएस४ को तुलनामा ८ हजार रुपैयाँले महंगो भएको छ । बीएस४ को रेस एडिसनको मूल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ कायम गरिएकोमा यसको बीएस६ मोडललाई भने २ लाख ७७ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको छ । टीभीएसले बीएस६ मोटरसाइकलको मूल्यमा भने भारी मात्राले बृद्धि गरेको छ । बीएस६ आरटीआर २०० ४भीको बीएस४ को तुलनामा २९ हजार रुपैयाँले महंगो भएको हो । यो बाइकको बीएस४ मोडललाई ३ लाख ५५ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको कम्पनीले बीएस६ को मूल्य भने ३ लाख ८४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

यामाहाको अधिकांश नयाँ मोटरसाइकल र स्कुटर एफआई इन्जिनमा उपलब्ध भएपनि बीएस ६ मापदण्डमा भने रेजीआर र फेसिनो स्कुटरको साथै एमटी १५ मोटरसाइकल उपलब्ध छन् । जसमध्ये केही दिनअघिमात्र सार्बजनिक गरिएको एमटी १५ बीएस६ को मूल्य यसअघिको बीएस४ को तलुनामा जम्मा ७ हजार रुपैयाँले मात्र महंगो छ । एमटी १५ बीएस४ को मूल्य ४ लाख ४२ हजार ९ सय रुपैयाँ कायम गरिएकोमा नयाँ बीएस६ को ४ लाख ४९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको हो । यद्यपि यसको कलर अप्सन चाहनेले भने ४ लाख ६५ हजार ९ सय रुपैयाँसम्म खर्च गर्नुपर्नेछ ।

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरीले बुझायो निषेधाज्ञामा भेटिएका ३३ मोटरसाइकल : चोरको आँखामा पल्सर

ट्राफिक प्रहरीले बुझायो निषेधाज्ञामा भेटिएका ३३ मोटरसाइकल : चोरको आँखामा पल्सर

काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

बजाज डोमिनार पछि अब कुन कुन बाइकको मूल्य घट्ला ?

सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर बढाइरहेको सरकारले यो पटक भने धनी वर्गले...

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...