आयो एमटी–१५ को अपडेटेड भर्सन
यामाहाले भारतीय बजारमा एमटी १५ को अपडेटेड भर्सन लन्च गरेको छ, जसमा नयाँ...
भारतमा डेढ बर्षअघि नै बीएस६ मापदण्डलाई अनिवार्य गरिएपनि नेपालमा भने बीएस४ मापदण्डकै मोटरसाइकल तथा स्कुटर अत्यधिक मात्रामा आयात भैरहेका छन् । नेपालमा बीएस६ लाई अनिवार्य नगरिएका कारण बीएस४ मापदण्डकै यस्ता सवारीसाधन बिक्री–वितरण भैरहेको हो । बीएस अर्थात भारत स्टेज मुलतः इन्जिनको मापदण्डसँग सम्बन्धित छ ।
इन्जिनबाट उत्सर्जन हुने प्रदूषणको मात्रालाई कम गर्दै लैजाने उद्देश्य अनुरुप सरकारी निर्देशनमा अटो उत्पादकहरुले यस्ता सवारीसाधन उत्पादन गर्न थालेका हुन् । भारतमा बीएसजस्तै युरोप र अन्य देशहरुमा भने युरो मापदण्ड लागू हुँदै आइरहेको छ ।
बीएस६ मा एफआई अर्थात फ्युल इन्जेक्सन प्रविधि र १५० सीसी भन्दा माथि एबीएस अनिवार्य गरिएको छ । साथै यस्ता बाइक तथा स्कुटरमा प्रयोग हुने लाइटलाई समेत अनिवार्य एलईडी हुनुपर्ने व्यवस्था गरिएको छ । यसो भन्दैमा एफआई प्रविधि भएका सबै बाइक तथा स्कुटर बीएस६ मापदण्डका हुन्छन् भन्ने होइन । यो प्रविधिलाई यसअघिका बीएस४ मा समेत प्रयोग गरिदै आइएको छ । जस्तो यामाहाका अधिकांश बीएस४ बाइक र स्कुटरमा समेत एफआई इन्जिन जडान गरिएको छ भने बजाज पल्सर एनएस २०० मा एबीएस र एफआई दिइएपनि यो बीएस४ मापदण्डको मोटरसाइकल हो । बजाजले हालसम्म बीएस६ बाइकलाई नेपाल भित्र्याउन सकिरहेको छैन । फ्युल इन्जेक्सनले प्रदूषणको मात्रा कम गर्ने हुँदा यसलाई बीएस६ मापदण्डमा अनिवार्य गरिएको हो ।
हाल होन्डाले ग्राजिया १२५ स्कुटर र टीभीएसले एनटर्क १२५ र आरटीआर २०० ४भीको बीएस६ भर्सन भित्र्याएका छन् । टीभीएसले यसलाई आरटीएफआई अर्थात रेस ट्युन्ड फ्युल इन्जेक्सन भनेको छ ।
बीएस४ बाट बीएस६ मा अपग्रेड हुँदा यस्ता बाइक र स्कुटरको मूल्य समेत महंगो पर्ने देखिएको छ । यसरी अपग्रेड हुने क्रममा सबैभन्दा महंगो होन्डा देखिएको छ । बीएस४ मापदण्डको होन्डा ग्राजियालाई नेपालमा स्याकर ट्रेडिङले २ लाख २४ हजार ९ सयदेखि २ लाख ४७ हजार ९ सय रुपैयाँसम्ममा कारोबार गर्दै आइरहेकोमा बीएस६ को मूल्य २ लाख ६९ हजार ९ सयदेखि २ लाख ८९ हजार ९ सय रुपैया निर्धारण गरिएको छ । होन्डाले यो स्कुटरमा ४५ हजार रुपैयाँसम्म मूल्य बढाएको हो ।
टीभीएसले केही समयअघि मात्र भित्र्याएको एनटर्क बीएस६ रेस एडिसनको मूल्य बीएस४ को तुलनामा ८ हजार रुपैयाँले महंगो भएको छ । बीएस४ को रेस एडिसनको मूल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ कायम गरिएकोमा यसको बीएस६ मोडललाई भने २ लाख ७७ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको छ । टीभीएसले बीएस६ मोटरसाइकलको मूल्यमा भने भारी मात्राले बृद्धि गरेको छ । बीएस६ आरटीआर २०० ४भीको बीएस४ को तुलनामा २९ हजार रुपैयाँले महंगो भएको हो । यो बाइकको बीएस४ मोडललाई ३ लाख ५५ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको कम्पनीले बीएस६ को मूल्य भने ३ लाख ८४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।
यामाहाको अधिकांश नयाँ मोटरसाइकल र स्कुटर एफआई इन्जिनमा उपलब्ध भएपनि बीएस ६ मापदण्डमा भने रेजीआर र फेसिनो स्कुटरको साथै एमटी १५ मोटरसाइकल उपलब्ध छन् । जसमध्ये केही दिनअघिमात्र सार्बजनिक गरिएको एमटी १५ बीएस६ को मूल्य यसअघिको बीएस४ को तलुनामा जम्मा ७ हजार रुपैयाँले मात्र महंगो छ । एमटी १५ बीएस४ को मूल्य ४ लाख ४२ हजार ९ सय रुपैयाँ कायम गरिएकोमा नयाँ बीएस६ को ४ लाख ४९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको हो । यद्यपि यसको कलर अप्सन चाहनेले भने ४ लाख ६५ हजार ९ सय रुपैयाँसम्म खर्च गर्नुपर्नेछ ।
यामाहाले भारतीय बजारमा एमटी १५ को अपडेटेड भर्सन लन्च गरेको छ, जसमा नयाँ...
काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको...
होन्डाले भारतमा एक्स–एड्भेन्चर नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...