बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि
म्याग्दी – भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला...
बेलायतका सडक लेनहरू अब साइकल चालकको सुरक्षा सुनिश्चित गर्न अझ साँघुरा बनाउन सकिने भएको छ । कारमा सवार व्यत्तिः तथा कार चालकको “ओभरटेकिङ“ रोक्ने उद्देश्यसहित सरकारले नयाँ दिशानिर्देश सार्वजनिक गरेको द मेल अन सन्डेले खुलासा गरेको छ।
गत साता सरकारी वेबसाइटमा प्रकाशित निर्देशिकाअनुसार करिब १५० वर्षदेखि चलिआएको १२ फिट चौडाइको मापदण्डयुक्त लेन अब ‘उपयुक्त छैन’ भन्ने निष्कर्ष निकालिएको छ । सरकारले अब स्थानीय सडकमा लेनको चौडाइ अधिकतम १० फिट ८ इन्चसम्म घटाउन वा न्यूनतम १२ फिट १० इन्चसम्म बढाउन सकिने बताएको छ।
तर सहर तथा उपत्यकाहरूमा स्थान अभावका कारण लेनहरू साँघुरा बनाइने सम्भावना धेरै रहेको विशेषज्ञहरूको भनाइ छ।
एक्टिभ ट्राभल इंगल्यान्ड नामक सरकारी निकायले तयार पारेको यो दिशानिर्देश भविष्यका अरबौँ पाउन्डका सडक निर्माण तथा पुनर्निर्माण योजनामा लागू हुनेछ। स्थानीय निकायहरूले यो सिफारिस नमानिएमा उनीहरूको यातायात बजेटसमेत कटौती हुन सक्ने चेतावनी दिइएको छ।
सरकारी अध्ययनअनुसार साँघुरा लेनहरूले चालकलाई ‘साइकललाई सुरक्षित रुपमा ओभरटेक गर्न पर्याप्त ठाउँ छैन’ भन्ने कुरा स्पष्ट देखाउनेछन्। यसले साइकल चालकलाई पनि ‘लेनको अधिक केन्द्रतर्फ चल्न’ प्रोत्साहित गर्ने बताइएको छ।
तर यो निर्णयले बेलायतमा कार चालक समूहहरू आक्रोशित बनेका छन्। उनीहरूले साँघुरा लेनका कारण पहिल्यै व्यस्त सडकहरूमा ट्राफिक जाम झनै बढ्ने र चालक–साइकल चालकबीचको विवाद तथा तनाव पनि तीव्र हुनसक्ने चेतावनी दिएका छन्।
सरकारले भने यो नीति साइकल तथा पैदल यात्रु केन्द्रित ‘सक्रिय यातायात’ प्रवद्र्धनका लागि आवश्यक कदम भएको बताएको छ ।
म्याग्दी – भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला...
आजको समयमै ड्राइभिङ केवल यात्राको माध्यम मात्र नभई एक अनुभवको रूपमा विकास...
नवलपरासी । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...