सनरुफ र अन्य थप फिचर सहित नयाँ सुजुकी ब्रेजा मे २५ मा लन्च हुने

मारुती सुजुकीले मे महिनामा आफ्नो बहुप्रतीक्षित नयाँ भिटारा ब्रेजा लन्च गर्ने तयारी गरेको छ । यद्यपि कम्पनीले यसको आधिकारिक मिति भने खुलाएको छैन, तर यो अनुमानित रिपोर्ट मात्र हो ।

रिपोर्टका अनुसार कम्पनीले यसलाई भिटारा नाम नभई मारुती सुजुकी ब्रेजाको नामबाट लन्च गर्नेछ । सब–कम्प्याक्ट एसयूभी अब डिजाइन र फिचर अपडेट सहित लन्च गर्नेछ । यसको इन्जिनमा भने महत्वपूर्ण परिवर्तन हुनेछ ।

नयाँ ब्रेजामा सबैभन्दा ठूलो परिवर्तन मध्ये अपडेट गरिएको ९.० इन्च इन्फोटेनमेन्ट सिस्टम हो, जसले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जडानलाई समर्थन गर्छ । सो कारको इन्स्ट्रयुमेन्ट क्लस्टर पनि नयाँ हुनेछ ।

सो कारमा पुनः डिजाइन गरिएको फ्रन्ट ग्रिल र इन्टिग्रेटेड डिआरएलको साथमा नयाँ ट्विन पड प्रोजेक्टर एलईडी हेडल्याम्प हुनेछ । फ्रन्ट र रियर बम्पर पनि अपडेट गरिएको छ । एसयूभीमा नयाँ फगल्याम्प एसेम्बली र नयाँ फक्स स्किड प्लेट हुनेछ । कम्पनीले यसलाई नयाँ जीन मोडेल लाइनअपमा नयाँ रङमा लन्च गर्ने सम्भावना छ ।

सब–कम्प्याक्ट एसयूभीमा फ्याक्ट्रीमा फिट भएको इलेक्ट्रिक सनरुफ रहेको र नयाँ बलेनोमा जस्तै ब्रेजा २०२२ हेड–अप डिस्प्ले युनिटको साथमा पेश गर्ने अनुमान गरिएको छ । साथै एसयूभीमा वायरलेस स्मार्टफोन चार्जिङ, नयाँ फ्ल्याट–बटम स्टेयरिङ, कनेक्टेड कार टेक्नोलोजी र अन्य फिचर हुनेछ ।

ग्लोबल एनसीएपीका अनुसार नयाँ मारुती ब्रेजाले टप सेफ्टी रेटिङ हासिल गर्न सक्षम हुनेछ । एसयूभीको नयाँ मोडलमा ६ वटा एयरब्याग, हिल डिसेन्ट र हिल होल्ड असिस्ट र टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध हुने सम्भावना छ ।

नयाँ मारुती ब्रेजामा अपडेट १.५ लिटर के१५सी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन हुनेछ, जसले १०३ बीएचपीको पावर र १३७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा नयाँ ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स पनि हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...