बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमार्डौं–आगामी साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० वटा अटोमोबाइल ब्राण्डले सहभागीता जनाउने भएका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का अनुसार २५ गतेसम्म चल्ने उक्त मेलामा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने भएका हुन् ।
मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडा÷जेको, प्युजो, प्रोटोन, रेनो, फस्कवागेन र जीकरले स्टल वुक गराएका छन् ।
यसैगरी, टु–ह्विलरतर्फ बजाज, होन्डा, रोयल इनफिल्ड, एम्पियर, एथर, बेनिली, सीएफ मोटो, गोगोरो, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, सेगवे–नाइनबोट, सुजुकी, ट्रयम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो सहभागी हुँदैछन् भने कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङले स्टल वुक गराएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...