पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा आयोजना गर्न लागेको ‘वाडा अटो शो २०२५’ मा प्रतिष्ठित अटो ब्रान्डहरुले स्टल राख्ने भएका छन् । नेपाली बजारमा लोकप्रिय रहेका ब्रान्डहरुले स्टल बुक गरिसकेका छन् । काठमाडौंमा हुने अटो शोमा जस्तै गरी पोखरामा हुने अटो शोमा पनि विद्युतीय गाडीहरुकै बाहुल्यता रहने भएको छ ।

चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो शोे हुनेछ । पोखरामा पहिलो पटक हुन लागेको अटो शोेमा विद्युतीय चारपांग्रेतर्फ बीवाईडी, एक्सपेङ, केई, दिपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राख्ने भएका छन् । त्यसैगरी आईसीईतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निसान, महिन्द्रा लगायतका गाडीहरुको पनि सहभागिता रहनेछ । हुन्डाई, टाटा, कियाले इभीसँगै आईसीई गाडीलाई पनि सोकेस गर्नेछ । दुईपांग्रेतर्फ एथर, टीभीएस, यामाहा, बजाज, ट्रायम्फ, रोयल इन्फिल्ड लगायतका ब्रान्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

त्यसैगरी कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डोङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा रहने वाडाका उपाध्यक्ष एवं अटो शोे संयोजक निरन केसीले जानकारी दिए । अटो शोेमा दुईपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणर फुडकोर्ट लगायतको स्टल पनि रहनेछ ।

गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध रहने वाडाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

काठमाडौं – सरकारले विद्युतीय गाडीमा थप छुट दिने निर्णय गरेको छ ।...

बजेट प्रभाव : हुन्डाई आयोनिक ५ मा १ लाख बढ्यो, अन्य ब्रान्ड पर्ख र हेरको स्थितिमा

बजेट प्रभाव : हुन्डाई आयोनिक ५ मा १ लाख बढ्यो, अन्य ब्रान्ड पर्ख र हेरको स्थितिमा

काठमाडौं– बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले गाडीको मूल्य...

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईले सानो इलेक्ट्रिक ह्याचब्याक ल्याउने तयारी गरिरहेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...