थाइल्यान्डमा जिडब्लुएमको ओभरसिज सम्मेलन सम्पन्न, ५० राष्ट्रका २०० बढी वितरक सहभागी
ग्रेटवाल मोटर (जिडब्लुएम) ले थाइल्यान्डको बैंककमा ‘वान जिडब्लुएम – लाइट द...
विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा विभिन्न देशले आफ्ना नागरिकका लागि खोप अभियान चलाइरहेका छन् । यसै सन्दर्भमा रुसमा भने एउटा अनौठौ अभियान सञ्चालनमा ल्याइने भएको छ ।
रुसको मस्कोमा खोप अभियानमा व्यापकता ल्याउनका लागि नयाँ अभियान चलाइने भएको छ । मस्कोका मेयर सर्गेई सोबयानिनले कोरोना भ्याक्सिन लगाउने व्यक्तिका लागि रुसकै मुद्रा अनुसार करिव १६ लाख रुपैयाँ मूल्य पर्ने ब्रान्ड न्यु कार दिने घोषणा गरेका छन् । घरमा कार लैजान पाइने आशाका कारण धेरै नागरिकले खोप लगाउने अपेक्षा उनले गरेका छन् ।
उनका अनुसार १८ वर्ष भन्दा माथिका कुनै पनि नागरिकले भ्याक्सिन लगाए पछि स्वचालित रुपमा उनीहरुको नाम समावेश हुनेछ । यो अनौठो योजना आगामी जुलाई ११ सम्म चल्ने छ ।
भ्याक्सिनको पहिलो डोज लगाउने व्यक्तिका लागि उपलब्ध हुने कार प्रत्येक साता कमसेकम ५ व्यक्तिलाई लक्की ड्रमार्फत उपलब्ध गराइने छ । यसबाट कुल मिलाएर २० कार उपलब्ध गराइने छ ।
मस्कोमा भएका १ करोड २० लाख नागरिक मध्ये मे २१ सम्म १३ लाख नागरिकले मात्र पहिलो डोज लगाएका छन् । यद्यपि भाइरस संक्रमण लगातार रुपमा बढिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...