टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो इलेक्ट्रिक स्कुटरको बुकिङ प्रारम्भ भएको औपचारिक जानकारी दिएको छ ।

पहिले देखि नै परीक्षण भइरहेको र नेपाली बजारमा उपलब्ध हुने बताइए तापनि सो इलेक्ट्रिक स्कुटरको वारेमा औपचारिक जानकारी कम्पनीले सार्वजनिक गरेको थिएन । यद्यपि यसको मूल्य भने सार्वजनिक भइसकेको छ ।

कम्पनीले सामाजिक सञ्जालमार्फत यसको बुकिङ प्रारम्भ भएको र शोरुमहरुमार्फत बुकिङ गर्न सकिने बताएको छ । हाल काठमाडौंको नक्साल, टेकु, सानो भर्याङ र कान्तिपथ शोरुममा सो इलेक्ट्रिक स्कुटर टेस्ट राइड गर्न र बुकिङ गर्न सकिने छ ।

यसको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ हुने पहिले नै घोषणा भइसकेको छ ।

टीभीएसको सो आईक्युब इलेक्ट्रिक स्कुटरमा ४.४ किलोवाटको इलेक्ट्रिक मोटर समावेश गरिएको छ । सो इलेक्ट्रिक स्कुटर ४.२ सेकेन्डमा ४० किलोमिटर प्रतिघन्टाको स्पिडको रेन्ज लिने क्षमताको रहेको छ । सो स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घन्टा रहेको छ । सिंगल चार्जमा सो स्कुटरले १०० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ । उक्त ब्ट्री फुल चार्ज हुनको लागि ५ घन्टाको समय लाग्छ ।

फिचरको लागि सो स्कुटर कम्पनीको नेक्स्ट जेनेरेशन टीभीएस स्मार्ट एक्स्कनेक्ट प्लेटफर्मको साथमा उपलब्ध हुनेछ । यसको साथै यसमा एड्भान्स टीएफटी क्लस्टर र टीभीएस आईक्युब एप उपलब्ध रहेको छ ।

सो स्कुटरमा जियो फेसिङ, नेभिगेसन असिस्ट, रिमोट व्याट्री, चार्ज स्टेटस, लास्ट पार्क लोकेसन, इनकमिङ कल अलर्ट÷एसएमएस अलर्ट, डे र नाइट डिस्प्ले, क्यु पार्क असिस्ट, मल्टी सेलेक्ट इकोनोमी र पावर मोड तथा रिजनरेटिभ ब्रेकिङ जस्ता इनोभेटिभ फिचर रहेको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध

काठमाडौंमा चल्न थाले किङलङका विद्युतीय माइक्रोबस, विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध

काठमाडौं – चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्स प्रालिले बिक्री–वितरण गर्दै...

नेपाली बजारमा एक्सर ब्रान्डका इलेक्ट्रिक स्कुटर : यस्तो छ मूल्य र विशेषता

नेपाली बजारमा एक्सर ब्रान्डका इलेक्ट्रिक स्कुटर : यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा एक्सर भी१५० र एक्सर जी१५० इलेक्ट्रिक स्कुटर...

ओलाले एक वर्षमै बिक्री गर्यो २ लाख ५० हजार बढी स्कुटर

ओलाले एक वर्षमै बिक्री गर्यो २ लाख ५० हजार बढी स्कुटर

भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले बिक्रीमा नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...