६०० किमी रेन्जसहित रेन्ज रोभर इलेक्ट्रिक भारतमा, बुकिङ सुरु

काठमाडौं–रेन्ज रोभरले आफ्नो पहिलो विद्युतीय फ्ल्यागशिप एसयूभीका लागि भारतमा बुकिङ खुल्ला गरेको छ । नयाँ रेन्ज रोभर इलेक्ट्रिकले ब्राण्डको परम्परागत विलासी पहिचान, अफ–रोड क्षमता र बाहिरी बनावटमा ठूलो परिवर्तन नगरी ब्याट्रीबाट चल्ने प्रविधि समावेश गरेको छ ।

यस विद्युतीय एसयूभीमा दुईवटा पर्मानेन्ट–म्याग्नेट इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले संयुक्त रूपमा ४०५ किलोवाट पावर र ८५० एनएम टर्क जेनेरेट गर्दछ । यो गाडीले एक पटकको फुल चार्जमा ६०० किमीसम्मको डब्लुएलटीपी रेन्ज दिने र मात्र ४.५ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति पकड्न सक्ने दाबी गरिएको छ ।

गाडीमा ११८.५ किलोवाट आवरको लिथियम–आयन ब्याट्री प्याक र ८०० भोल्टको इलेक्ट्रिकल आर्किटेक्चर प्रयोग गरिएको छ । ३५० किलोवाट डिसी फास्ट चार्जरको प्रयोग गर्दा यसको ब्याट्री १० देखि ८० प्रतिशतसम्म मात्र २२ मिनेटमा चार्ज हुन सक्छ ।

यसका साथै १० मिनेटको चार्जिङमा २२० किमीसम्मको रेन्ज प्राप्त गर्न सकिन्छ । घरायसी तथा व्यावसायिक प्रयोजनका लागि २२ किलोवाटको अनबोर्ड एसी चार्जर पनि उपलब्ध गराइएको छ ।

कम्पनीले यस गाडीलाई सहरी क्षेत्रका लागि मात्र नभई उत्कृष्ट अफ–रोड क्षमताका साथ तयार पारेको छ । यसको इन्टिग्रेटेड ट्रयाक्सन म्यानेजमेन्ट सिस्टमले इन्जिनयुक्त गाडीभन्दा १०० गुणा तीव्र गतिमा चक्काको स्लिप नियन्त्रण गर्न सक्छ । यसमा ९०० मिमीसम्मको पानीमा पनि सजिलै चल्न सक्ने क्षमता रहेको छ ।

नयाँ रेन्ज रोभर एपमार्फत ग्राहकहरूले गाडीको ब्याट्री स्तर, लोकेशन र लग इन अवस्था सजिलै निगरानी गर्न सक्नेछन् । साथै, यसमा प्रयोग गरिएको ‘ब्याट्री डिजिटल ट्विन’ प्रविधिले ब्याट्रीको स्वास्थ्य र मर्मत सम्बन्धी जानकारी स्वतः दिनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...