नेटा एक्स : लन्च भएको ७२ घण्टामै १००० बढी अर्डर, नाडा अटो शोमा उपलब्ध हुने
थाइल्यान्डमा नेटा एक्स ईभी लन्च भएको ७२ घण्टामै एक हजार युनिट भन्दा बढी...
सन् २०१६ मा भारतमा टेस्ला मोडल ३ को बुकिङ खुला भएको थियो, तर हालसम्म पनि टेल्साले भारतीय ग्राहकलाई अझै सो कार उपलब्ध गराउन सकेको छैन । भारतमा टेस्ला मोडल ३ को बुकिङका लागि ग्राहकहरूबाट १ हजार डलर चार्ज गरिएको थियो । यद्यपि, हालसम्म कम्पनीले भारतमा डेलिभरी सुरु गर्न कुनै निश्चित समय सीमा घोषणा गरेको छैन, जसका कारण ग्राहकहरूले बुकिङ रकम फिर्ताको माग गरिरहेका छन् ।
टेस्लाले भारतमा मोडल ३ कार डेलिभर नगरे तापनि अन्य देशमा डेलिभरी भइरहेको छ । रिपोर्टका अनुसार टेस्लाको मोडल ३ कार विश्व बजारमा ३ लाखभन्दा बढी छन्, जसका कारण टेस्लाका मालिक एलन मस्कसँग भारतीय ग्राहकहरु निकै रिसाएको र भारतसँगको उनको व्यापार रणनीतिमाथि प्रश्न उठाइरहेका छन् ।
रिपोर्टका अनुसार टेस्ला मोडल ३ बुक गरेका धेरै ग्राहकहरूले अब रकम फिर्ता मागिरहेका छन् । ग्राहकहरुले टेस्लालाई बुकिङ रकम फिर्ताको लागि धेरै पटक अनुरोध गरिरहेका छन् तर कम्पनीको प्रतिक्रिया एकदमै निराशाजनक रहेको छ । यद्यपि कम्पनीले गत वर्ष केही ग्राहकहरूलाई बुकिङ रकम फिर्ता गरेको थियो ।
टेस्लाले गत वर्ष बेंगलुरुमा आफ्नो कार्यालय खोल्दा भारतमा उत्पादन पुनः सुरु गरेको खबरले तीव्रता पाएको थियो । टेस्लाले सन् २०२१ को सुरुदेखि भारतमा आफ्नो इलेक्ट्रिक कारको उत्पादन सुरु गर्ने बताएको थियो तर पछि टेस्लाले चीनबाट भारतमा कार आयात गर्ने बताएको थियो, तर कम्पनीलाई बिक्री गर्न अनुमति दिइएन ।
यसबाहेक टेस्लाले भारत सरकारसँग करमा विशेष छुटको माग पनि गरेको थियो, जसलाई सरकारले कुनै एक कम्पनीका लागि कर नीति परिवर्तन गर्न नसकिने भन्दै अस्वीकार गरेको थियो । टेस्ला र भारत सरकारबीच टेस्लाको इलेक्ट्रिक कार भारतमा उत्पादन गर्ने विषयमा धेरै चरणको वार्ता भइसकेको छ । तर भारतमा टेस्लाको लगानीको बाटो भने खुल्न सकेको छैन ।
थाइल्यान्डमा नेटा एक्स ईभी लन्च भएको ७२ घण्टामै एक हजार युनिट भन्दा बढी...
अमेरिकी कार निर्माता कम्पनी फोर्डका मालिक कुन कार चढ्छन् होला ? पक्कै पनि...
सरकारले बजेटमा १ सय किलोवाट क्षमतासम्मको मोटर जडित इलेक्ट्रिक कारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...