महिन्द्राको स्पेयर पार्टस आउटलेट अब भोजपुरमा पनि
महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको...
डोल्पाको उत्तरीक्षेत्रमा पर्ने उपल्लो डोल्पामा पहिलो पटक दुईवटा महिन्द्रा बोलेरो जीप पुर्याइएको छ । जिल्लाको छार्काताङसोङ् गाउँपालिकामा पर्ने विश्वकै अग्लो मानव बस्तीको रुपमा परिचीत छार्काभोटमा छिमेकी जिल्ला मुस्ताङ हुँदै पहिलो पटक गाडी पुर्याइएको हो ।
डोल्पोबुद्ध–१ का लाप्का गुरुङ र ६ का तेन्जिन टासी गुरुङले निजी रुपमा खरिद गरेर पहिलो पटक जीप पुर्याएको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले जानकारी दिए ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका हुँदै व्यवसायिक प्रयोजनका लागि पहिलो पटक समुन्द्री सतहबाट ४ हजार ३ सय ५० मीटर उचाईमा रहेको छार्काभोटमा जीप पुर्याइएको गाउँपालिकाका अध्यक्ष्य सेनाङ गुरुङले जानकारी दिए ।
उनले भने, ‘डोल्पा–मुस्ताङको सीमा क्षेत्र ल्हजे स्रम(तीब्बतीयन भाषामा) सम्म सडक गत वर्ष नै जोडिसकेको थियो, अहिले खोलामा अस्थायी सडक निर्माण गरी एक्साभेटर प्रयोग गरेर जीप ल्याइयो, मुस्ताङ क्षेत्रको बाटो अप्ठ्यारो भएकाले दुई तर्फ नियमित रुपमा सवारीसाधन चलाउन सक्ने अवस्था छैन ।’
डोल्पादेखि मुस्ताङको सीमाक्षेत्र साङ्टासम्म पालिकाले नै सडक निर्माण गरेको हो । मुस्ताङ क्षेत्रमा भने पुरै सडक खुलाइएको छैन । सुकसम्म त्यहाँको वारागुङ मुक्तिक्षेत्र पालिकाले सडक खनेको उनको भनाइ छ ।
डोल्पाको छार्कादेखि मुस्ताङसम्मको सडकको लम्बाई करिब १ सय १० किलोमिटर छ । त्यसमा करिब ५५ किलोमिटर मुस्ताङ क्षेत्रमा पर्छ । बाँकी डोल्पा क्षेत्रमा पर्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार ‘मुस्ताङ क्षेत्रको कूल सडकमध्ये करिब ४४ किलोमिटर सडक खुलिसकेको छ । ११ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । जसमा तीन किलोमिटर कडा भू–भाग छ ।
ती जीपले उपल्लो डोल्पामै पर्ने डोल्पोबुद्ध गााउँपालिकामा अन्तर्गतका तिन्जे, धो, ताक्सी, फाल र शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने विभिन्न क्षेत्रमा सेवा दिने बताइएको छ ।
महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको...
काठमाडौं – क्रसफायर र इटालिका मोटोको आधिकारिक बितरक क्लासिक ह्विल...
काठमाडौं – नियमानुसार भोलि जेठ १५ गते सरकारले नयाँ बजेट ल्याउनु पर्नेछ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...