बीएमडब्ल्युको इलेक्ट्रिक स्कुटर अर्को महिना भारतमा लन्च हुने

बीएमडब्ल्युले नयाँ इलेक्ट्रिक स्कुटर सीई ०४ आगामी जुलाई २३ मा भारतमा लन्च गर्ने भएको छ । कम्पनीले पहिलो पटक सन् २०१७ मा बीएमडब्ल्यु मोटरराड कन्सेप्ट लिंकको रुपमा सो स्कुटर प्रदर्शन गरेको थियो । यसको प्रोडक्सन मोडललाई २०२० मा बीएमडब्ल्यु मोटरराड डेफिनिशन सीई ०४ को रुपमा सार्वजनिक गरिएको थियो ।

बीएमडब्ल्यु सीई ०४ मा ८.९ किलोवाट आवरको व्याट्री र इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले २० एचपीको पावर जेनेरेट गर्छ । यसको अधिकतम पावर ४१.५ बीएचपीको रहेको छ । सो इलेक्ट्रिक स्कुटरले फुल चार्जमा १३० किलोमिटरको दुरी तय गर्ने कम्पनीले दावी गरेको छ । साथै ब्याट्री स्ट्यान्डर्ड २.३ केडब्ल्यु चार्जरको उपयोग गरी ४ घन्टा २० मिनेटमा ० देखि १०० प्रतिशत चार्ज गर्न सकिन्छ ।

सीई ०४ स्कुटर २.६ सेकेन्डमा ० देखि ५० किलोमिटरको स्पिड लिने क्षमता रहेको छ । यसको टप स्पिड १२० किलोमिटर प्रति घन्टा रहेको छ । २.३ किलोवाट आवरको चार्जर प्रयोग गरी यसलाई ४ घण्टा २० मिनेटमा ० देखि १०० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यद्यपि यसलाई ६.९ केडब्ल्युको फास्ट चार्जरको प्रयोग गरी १ घन्टा ४० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...