५९० किमी रेन्ज सहित पहिलो लक्जरी इलेक्ट्रिक सेडान हुनेछ बीएमडब्ल्यु आई४

बीएमडब्ल्युले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार बीएमडब्ल्यु आई४ भारतीय बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कार ४ डोर कुपे कार हो । भारतीय बजारमा यसलाई रियर–ह्विल ड्राइभ कारको रूपमा उपलब्ध गराइनेछ । रिपोर्टका अनुसार, यस कारको हायर स्पेक भर्सन आई ४ एम५० एक्सड्राइभ पछिको चरणमा लन्च गर्नेछ ।

पहिलो लक्जरी इलेक्ट्रिक सेडान
भारतीय कार बजारमा लक्जरी सेगमेन्टमा यो पहिलो इलेक्ट्रिक सेडान हुनेछ । यससँगै बीएमडब्ल्यु आई४ भारतीय बजारमा लन्च हुने दोस्रो इलेक्ट्रिक कार हुनेछ । यसअघि, कम्पनीले डिसेम्बर २०२१ मा बीएमडब्ल्यु आईएक्स इलेक्ट्रिक एसयूभी लन्च गरेको थियो ।

इन्जिन पावर र रेन्ज
कम्पनीका अनुसार ईड्राइभ४० भर्सनमा ८३.९ केडब्ल्युएच ब्याट्री हुनेछ । सो इलेक्ट्रिक मोटरले अधिकतम ३३५ बीएचपीको पावर र ४३० एनएमको टर्क जेनेरेट गर्छ । सो मोटरको सहयोगमा कारले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ । कम्पनीका अनुसार सो ब्याट्रीले फुल चार्जमा ५९० किलोमिटरको रेन्ज दिन सक्छ ।

कारको हायर स्पेक भर्सन आई४ एम५०एक्सड्राइभमा पनि सोही व्याट्री प्रयोग गरिएको छ । जसले ५३६ बीएचपीको पावर र ७९५ एनएमको टर्क जेनेरेछ गर्छ । कारले ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन मात्र ३.९ सेकेन्डको समय लाग्छ । यद्यपि, यसको रेन्ज ५२१ किमी भन्दा अलि कम छ ।

लुक र डिजाइन
नयाँ बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कार बीएमडब्ल्यु ४ सिरिज ग्रान कुपे कारको इन्टरनल कम्बसन इन्जिन भर्सन जस्तै देखिन्छ । कारको लम्बाई ४७८३ एमएम, चौडाइ १८५२ एमएम र उचाई १४४८ एमएम रहेको छ । आई४ इलेक्ट्रिक कारमा २८५६ एमएमको ह्विलबेस रहेको छ ।

इन्टेरियर र फिचर
नयाँ बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कार लेटेस्ट आईड्राइभ८ टेक्नोलोजी भएको बीएमडब्ल्यु मोडलहरू मध्ये एक हुनेछ । नयाँ आई४ को क्याबिनमा कर्भ डुअल–स्क्रिन सेट–अप हुनेछ, जसमा १२.३ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १४.६ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ ।

कहिले लन्च हुन्छ ?
बीएमडब्ल्यु इन्डियाले यस वर्ष मे महिनामा नयाँ बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कार लन्च गर्ने सम्भावना छ । कम्पनीले छिट्टै यसबारे थप विवरण सार्वजनिक गर्नेछ । मिडिया रिपोर्टका अनुसार यो २६ मे २०२२ मा भारतमा लन्च हुनेछ ।

प्रतिस्पर्धा
बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कारले भारतीय बजारमा लन्चिङ पछि कुनै प्रतिस्पर्धा नगरेता पनि एम५०एक्सड्राइभ भर्सनले औडी ई–ट्रोन जीटी र पोर्से टायकेनको इन्ट्रि लेवल भेरिएन्टसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

एक पटक चार्ज गर्दा ५० किमी चल्ने नेपालमै बनेको स्कुटर : नाम ‘सारथी’ राख्ने वारेमा छलफल

काठमाडौं – पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प...

जब चलिरहेको इलेक्ट्रिक कारको ब्याट्री फुत्त बाहिर निस्कियो ……

जब चलिरहेको इलेक्ट्रिक कारको ब्याट्री फुत्त बाहिर निस्कियो ……

इन्जिनलाई कारको आत्मा भनिन्छ किनभने इन्जिन बिना कार चल्न सक्दैन। त्यस्तै,...

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

जर्मन अटो निर्माता फक्सवागले नयाँ इलेक्ट्रिक कार आडी७ लाई सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...