डीपलको नयाँ अफरोडर सार्वजनिक, चीन–नेपाल सिमानाको सडकबाट राखियो नाम
चिनियाँ ब्रान्ड डीपलको नयाँ अफरोडर जी३१८ सार्वजनिक भएको छ । डीपलको यो...
बीएमडब्ल्युले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार बीएमडब्ल्यु आई४ भारतीय बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कार ४ डोर कुपे कार हो । भारतीय बजारमा यसलाई रियर–ह्विल ड्राइभ कारको रूपमा उपलब्ध गराइनेछ । रिपोर्टका अनुसार, यस कारको हायर स्पेक भर्सन आई ४ एम५० एक्सड्राइभ पछिको चरणमा लन्च गर्नेछ ।
पहिलो लक्जरी इलेक्ट्रिक सेडान
भारतीय कार बजारमा लक्जरी सेगमेन्टमा यो पहिलो इलेक्ट्रिक सेडान हुनेछ । यससँगै बीएमडब्ल्यु आई४ भारतीय बजारमा लन्च हुने दोस्रो इलेक्ट्रिक कार हुनेछ । यसअघि, कम्पनीले डिसेम्बर २०२१ मा बीएमडब्ल्यु आईएक्स इलेक्ट्रिक एसयूभी लन्च गरेको थियो ।
इन्जिन पावर र रेन्ज
कम्पनीका अनुसार ईड्राइभ४० भर्सनमा ८३.९ केडब्ल्युएच ब्याट्री हुनेछ । सो इलेक्ट्रिक मोटरले अधिकतम ३३५ बीएचपीको पावर र ४३० एनएमको टर्क जेनेरेट गर्छ । सो मोटरको सहयोगमा कारले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ । कम्पनीका अनुसार सो ब्याट्रीले फुल चार्जमा ५९० किलोमिटरको रेन्ज दिन सक्छ ।
कारको हायर स्पेक भर्सन आई४ एम५०एक्सड्राइभमा पनि सोही व्याट्री प्रयोग गरिएको छ । जसले ५३६ बीएचपीको पावर र ७९५ एनएमको टर्क जेनेरेछ गर्छ । कारले ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन मात्र ३.९ सेकेन्डको समय लाग्छ । यद्यपि, यसको रेन्ज ५२१ किमी भन्दा अलि कम छ ।
लुक र डिजाइन
नयाँ बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कार बीएमडब्ल्यु ४ सिरिज ग्रान कुपे कारको इन्टरनल कम्बसन इन्जिन भर्सन जस्तै देखिन्छ । कारको लम्बाई ४७८३ एमएम, चौडाइ १८५२ एमएम र उचाई १४४८ एमएम रहेको छ । आई४ इलेक्ट्रिक कारमा २८५६ एमएमको ह्विलबेस रहेको छ ।
इन्टेरियर र फिचर
नयाँ बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कार लेटेस्ट आईड्राइभ८ टेक्नोलोजी भएको बीएमडब्ल्यु मोडलहरू मध्ये एक हुनेछ । नयाँ आई४ को क्याबिनमा कर्भ डुअल–स्क्रिन सेट–अप हुनेछ, जसमा १२.३ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १४.६ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ ।
कहिले लन्च हुन्छ ?
बीएमडब्ल्यु इन्डियाले यस वर्ष मे महिनामा नयाँ बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कार लन्च गर्ने सम्भावना छ । कम्पनीले छिट्टै यसबारे थप विवरण सार्वजनिक गर्नेछ । मिडिया रिपोर्टका अनुसार यो २६ मे २०२२ मा भारतमा लन्च हुनेछ ।
प्रतिस्पर्धा
बीएमडब्ल्यु आई४ इलेक्ट्रिक कारले भारतीय बजारमा लन्चिङ पछि कुनै प्रतिस्पर्धा नगरेता पनि एम५०एक्सड्राइभ भर्सनले औडी ई–ट्रोन जीटी र पोर्से टायकेनको इन्ट्रि लेवल भेरिएन्टसँग प्रतिस्पर्धा गर्नेछ ।
चिनियाँ ब्रान्ड डीपलको नयाँ अफरोडर जी३१८ सार्वजनिक भएको छ । डीपलको यो...
काठमाडौं – नेपाल विद्युत प्रधिकरणले विद्युतीय सवारी चार्ज गर्न चार्जिङ...
ग्रीन एनक्यापले यूरोपमा गरेको टेष्टमा बीवाइडी एट्टो३ ले ५ स्टार रेटिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...