बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
उड्ने कार चलाउने मानिसको सपना अब छिट्टै साकार हुने भएको छ । युरोपियन राष्ट्र स्लोभाकियामा उड्ने कार अर्थात एयर कारको सफल परीक्षण सम्पन्न भएको छ । सडकमा चल्ने सो कार तीन मिनेटमै प्लेनको रुपमा परिवर्तित हुन्छ ।
परीक्षणको समयमा सो कार हावामा १५ सय फिट माथि सफलतापूर्वक उडेको थियो । यसको भिडियो फुटेज समेत सार्वजनिक गरिएको छ, जुन देख्दा सबैको मन चकित हुन्छ ।
स्लोभाकियाको क्लेनभिजन नामक कम्पनीले सो कार निर्माण गरेको हो । यसलाई सेल्फ ड्राइभ यात्रा गर्न वा एयर ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने छ ।
अर्को वर्ष यो कारलाई व्यवहारिक रुपमा प्रयोगमा आएको देख्न सकिने छ । यद्यपि कम्पनीले कारको मूल्यको वारेमा भने केही जानकारी दिएको छैन । एयरकारले एक पटकमा ६२० किलोमिटर सम्म यात्रा गर्न सक्छ । कारको रुपमा यो केही गहै भए पनि प्लेनको रुपमा भने यो निकै नै हलुका छ ।
परीक्षण गरिएको सो एयर कार दुई सिटर छ र यसको तौल करिव ११ सय किलोग्राम छ । कारमा बीएमडब्ल्यु १.६ लिटर इन्जिन प्रयोग गरिएको छ, जसले १४० बीएचपीको पावर जेनेरेट गर्छ । कारलाई टेकअफ गर्नका लागि कमसेकम ९८४ फिटको रनवे चाहिन्छ ।
यसको अधिकतम गति २ सय किलोमिटर प्रतिघण्टा छ । कम्पनीका अनुसार सो कार उडाउन सामान्य ड्राइभरले पनि सक्छ । यसका लागि स्पेसल पाइलटको आवश्यकता पर्दैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...