१४० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर लन्च गर्दै साइगी नेपाल, के छ विशेषता ?
काठमाडौं–चिनियाँ टु–ह्विलर निर्माता साइगी (SAIGE) ले नयाँ विद्युतीय स्कुटर...
बीएमडब्ल्युले नयाँ इलेक्ट्रिक स्कुटर सीई ०४ सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक सन् २०१७ मा बीएमडब्ल्यु मोटरराड कन्सेप्ट लिंकको रुपमा सो स्कुटर प्रदर्शन गरेको थियो । यसको प्रोडक्सन मोडललाई २०२० मा बीएमडब्ल्यु मोटरराड डेफिनिशन सीई ०४ को रुपमा सार्वजनिक गरिएको थियो ।
बीएमडब्ल्यु सीई ०४ मा ८.९ केडब्ल्युएचको व्याट्री र इलेक्ट्रिक मोटर समावेश गरिएको छ । जसले २० एचपीको पावर जेनेरेट गर्छ । यसको अधिकतम पावर ४१.५ बीएचपीको रहेको छ । सो इलेक्ट्रिक स्कुटरले फुल चार्जमा १३० किलोमिटरको दुरी तय गर्ने कम्पनीले दावी गरेको छ । साथै ब्याट्री स्ट्यान्डर्ड २.३ केडब्ल्यु चार्जरको उपयोग गरी ४ घन्टा २० मिनेटमा ० देखि १०० प्रतिशत चार्ज गर्न सकिन्छ ।
सीई ०४ स्कुटर २.६ सेकेन्डमा ० देखि ५० किलोमिटरको स्पिड लिने क्षमता रहेको छ । यसको टप स्पिड १२० किलोमिटर प्रति घन्टा रहेको छ । २.३ किलोवाट आवरको चार्जर प्रयोग गरी यसलाई ४ घण्टा २० मिनेटमा ० देखि १०० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यद्यपि यसलाई ६.९ केडब्ल्युको फास्ट चार्जरको प्रयोग गरी १ घन्टा ४० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।
सीई ०४ को उत्पादन मोडल कन्सेप्टसँग मिल्दाजुल्दो रहेको छ । सो बाइकमा साइड प्यानल, माथि उठेको ह्यान्डलबार र फ्लोटिङ सिटको साथमा कम्प्याक्ट फ्रन्ट एप्रन समावेश गरिएको छ । स्कुटरलाई स्ट्यान्डर्ड म्याट सेक्शनको साथमा लाइट ह्वाइट रङमा पेश गरिएको छ । यद्यपि यसमा अन्य एभेन्टगार्ड स्टाइल भेरिएन्टलाई म्याग्लन ग्रे मेटेलिक कलरको साथमा ब्ल्याक÷ओरेन्ज सिट, ओरेन्ज विंड डिफ्लेक्टर र बडी ग्राफिक्सको साथमा प्रस्तुत गरिएको छ ।
यो स्कुटर आगामी सन् २०२२ मा बजारमा उपलब्ध हुने बताइएको छ ।
काठमाडौं–चिनियाँ टु–ह्विलर निर्माता साइगी (SAIGE) ले नयाँ विद्युतीय स्कुटर...
होन्डाले सुटकेस जस्तै देखीने सानो आकारको मिनी इलेक्ट्रिक स्कुटर देखाएको छ...
विश्व प्रसिद्ध कार निर्माता कम्पनी फेरारीले सन् २०२५ मा कम्पनीको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...