बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालको लागि बीएमडब्ल्यु मोटर्सको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बीएमडब्ल्यु ब्रान्डको आधिकारिक बिक्री सुरु गरेको छ । जर्मन ब्रान्ड बीएमडब्ल्युलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बीएमडब्ल्यु एशिया र बीएमडब्ल्यु बंगलादेशसँग सहकार्य गरेको छ ।
बीएमडब्ल्यु ब्रान्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्रान्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनरसिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको बताएको छ ।
नेपालमा बीएमडब्ल्यु ब्रान्ड र नयाँ शोरुमको सुरुवात गर्दै बीएमडब्ल्यु ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बीएमडब्ल्यु उत्साहित भएको छ । नेपाली बजार बीएमडब्ल्युको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बीएमडब्ल्यु ब्रान्डको उपस्थिति बलियो हुने छ । र, बीएमडब्ल्युका ग्राहकहरुले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।’
‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चाहन्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं । हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ’, लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने ‘हामी हाम्रा ग्राहकलाई गाडी खरिदमा अस्मरणिय क्षणको अनुभव दिलाउन चाहन्छौं ।
ग्राहकले बीएमडब्ल्युको ब्रान्ड न्यु शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘ईसेटा बार’ को अनुभव गर्न पाउने र त्यहाँ विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिने छ । यसमा रहेको सर्भिस एरियाले जो कोहिलाई लोभ्याउने बताइएको छ ।
ग्राहकलाई अहिलेको विषम परिस्थितिमा कन्ट्याक्ट लेस टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने बताइएको छ । त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेबसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्ने छन् । टेष्ट ड्राइभमा छनोट गरेको वा खरिद गरेको कार पूर्णत सेनिटाइज गरिएको हुनेछ । उक्त कारलाई ग्राहकले छनोट गरेको स्थानमा कम्पनीले उपलब्ध गराउने बताएको छ । ग्राहकको कुनै पनि जिज्ञासालाई उपस्थित भएरै वा भर्चुअल माध्यमबाट समाधान गर्ने बताइएको छ ।
बीएमडब्ल्यु बंगलादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ । साथै, बीएमडब्ल्यु बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहो¥याउने अपेक्षा गरिएको छ ।
बीएमडब्ल्यु बंगलादेशले सन् २०१८ मा ७ सिरिजले सर्वाधिक ग्रोथ अवार्ड, २०१६ मा उत्कृष्ट १० बिक्री हुने कारको रुपमा ‘उत्कृष्ट बीएमडब्ल्यु ७ सिरिज डिलर’ अवार्ड सर्वोत्कृष्ट बिक्रीको लागि, २०१३ र २०१४ सर्बोत्कृष्ट बिक्री पछिको सेवा अवार्ड, २००९ मा ‘टप पार्ट्स एचिभमेन्ट अवार्ड’ र २००४ मा ‘वेष्ट बीएमडब्ल्यु फेसिलिटी अवार्ड’ जित्न सफल भएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...