इन्डियन मोटरसाइकलले ल्यायो १७६८ सिसीको परस्युट, इन्फोटेन्मेट सिस्टम समेत उपलब्ध
इन्डियन मोटरसाइकलले उच्च सिसी क्षमताको नयाँ बाइक परस्युट सार्बजनिक गरेको...
काठमाडौं– टिभिएसले भारतमा बनाएको बिएमडब्लु सिई–०२ इलेक्ट्रिक स्कुटरको निर्यात सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ९२४ युनिट विदेशी बजारमा पठाएको थियो ।
टिभिएसले गत वर्ष अक्टोबरदेखि आफ्नो होसुर प्लान्टमा सो इलेक्ट्रिक स्कुटर उत्पादन गर्दै आएको छ । उक्त स्कुटर बिएमडब्लु मोटार्डसँगको सहकार्यमा डिजाइन र विकास गरिएको हो ।
बिएमडब्लु सिई–०२मा २ किलोवाट आवर क्षमतको लिथियम–आयन ब्याट्री जडान गरिएको छ । यसमा दिइएको इलेक्ट्रिक मोटरले १५ बिएचपी पावर दिन्छ । स्कुटरको टप स्पीड ९५ किलोमिटर प्रतिघण्टा छ र एक पटक चार्जमा ९० किमीसम्म यात्रा गर्न सक्छ । साथै यो स्कुटर ४५ किलोमिटर प्रतिघण्टाको उच्च गति र ४५ ४५ किलोमिटर रेन्ज भएको सिंगल ब्याट्री भर्सनमा पनि उपलब्ध छ ।
यी दुबै स्कुटरलाई ०.९ किलोवाट क्षमताको चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । उक्त चार्जरले चार्ज गर्दा ५ घण्टा १२ मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने १.५ किलोवाट क्षमताको फास्ट चार्जरको साहयतामा यसलाई ३ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।
इन्डियन मोटरसाइकलले उच्च सिसी क्षमताको नयाँ बाइक परस्युट सार्बजनिक गरेको...
काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक...
विश्व अटो बजारमा जर्मन र जापनिज अटो निर्माता एकआपसमा प्रतिस्पर्धा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...