टिभिएसले बनाएको बिएमडब्लु इलेक्ट्रिक स्कुटरको निर्यात सुरु

काठमाडौं– टिभिएसले भारतमा बनाएको बिएमडब्लु सिई–०२ इलेक्ट्रिक स्कुटरको निर्यात सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ९२४ युनिट विदेशी बजारमा पठाएको थियो ।

टिभिएसले गत वर्ष अक्टोबरदेखि आफ्नो होसुर प्लान्टमा सो इलेक्ट्रिक स्कुटर उत्पादन गर्दै आएको छ । उक्त स्कुटर बिएमडब्लु मोटार्डसँगको सहकार्यमा डिजाइन र विकास गरिएको हो ।

बिएमडब्लु सिई–०२मा २ किलोवाट आवर क्षमतको लिथियम–आयन ब्याट्री जडान गरिएको छ । यसमा दिइएको इलेक्ट्रिक मोटरले १५ बिएचपी पावर दिन्छ । स्कुटरको टप स्पीड ९५ किलोमिटर प्रतिघण्टा छ र एक पटक चार्जमा ९० किमीसम्म यात्रा गर्न सक्छ । साथै यो स्कुटर ४५ किलोमिटर प्रतिघण्टाको उच्च गति र ४५ ४५ किलोमिटर रेन्ज भएको सिंगल ब्याट्री भर्सनमा पनि उपलब्ध छ ।

यी दुबै स्कुटरलाई ०.९ किलोवाट क्षमताको चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । उक्त चार्जरले चार्ज गर्दा ५ घण्टा १२ मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने १.५ किलोवाट क्षमताको फास्ट चार्जरको साहयतामा यसलाई ३ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सोसल मिडियामा बीएमडब्ल्युको म्याक्सी स्कुटर सार्वजनिक, यस्तो छ विशेषता

सोसल मिडियामा बीएमडब्ल्युको म्याक्सी स्कुटर सार्वजनिक, यस्तो छ विशेषता

बीएमडब्ल्यु मोटरराडले भारतीय बजारमा नयाँ म्याक्सी स्कुटर लन्च गर्ने...

बीएमडब्ल्युको इलेक्ट्रिक बाइक कन्सेप्ट सार्वजनिक, सिंगल चार्जमा ९० किमी रेन्ज प्रदान गर्ने

बीएमडब्ल्युको इलेक्ट्रिक बाइक कन्सेप्ट सार्वजनिक, सिंगल चार्जमा ९० किमी रेन्ज प्रदान गर्ने

बीएमडब्ल्युले नयाँ इलेक्ट्रिक बाइकको कन्सेप्ट सार्वजनिक गरेको छ । बाइक...

बीएमडव्लूको प्राथमिकतामा भारतीय बजार, जनवरीमा ५ नयाँ मोडल सार्वजनिक गर्दै

बीएमडव्लूको प्राथमिकतामा भारतीय बजार, जनवरीमा ५ नयाँ मोडल सार्वजनिक गर्दै

जर्मन अटो ब्रान्ड बीएमडव्लूले भारतीय बजारलाई उच्च प्राथमिकतामा राखेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...