जेव्रा क्रसिङ : पैदल यात्रुको कानुनी अधिकार, चालकको अनिवार्य दायित्व
सडकमा कोरिएको जेव्रा क्रसिङ केवल सेतो धर्काको चित्र होइन, यो पैदल यात्रुको...
काठमाडौं - खल्ती डिजिटल वालेटले बिचमा रोकिएको ब्लुबुक नवीकरण सेवा पुनः सुचारु गरेको छ । सरकारी कार्यालयहरुमा बिचौलिया नियन्त्रण गर्ने सरकारको अभियानका कारण भएको अन्यौलताका बिच सो सेवा रोकिएकोमा अब फेरि यसलाई सुचारु गरिएको हो ।
हालका लागि काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध यस सेवामा दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवैका लागि २५० रुपैयाँ सेवाशुल्क राखिएको छ । यसअघि दुई पाङ्ग्रेको ३५० र चार पाङ्ग्रेको ५०० रुपैयाँ शुल्क थियो ।
यस सेवाअन्तर्गत सेवाग्राहीले खल्तीको ब्लुबुक सेवा नम्बर ९७१२०४९६१० मा एउटा मिस्ड कल गरे मात्र पुग्छ, जसलगत्तै खल्तीका प्रतिनिधिले सम्पर्क गरी नवीकरणका लागि प्रक्रिया अघि बढाउनेछन् । ग्राहकले ह्वाट्एसएप नम्बर ९८०१८९००८३ मा मेसेज गरेर पनि यो सेवाका लागि प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।
खल्तीका प्रतिनिधिहरू ग्राहकले तोकेको स्थानमै पुगेर ब्लुबुक संकलन गर्न पुग्छन् । त्यसपछि सरकारी यातायात कार्यालयमा गई कर भुक्तानी, बीमा नवीकरण र ब्लुबुकमा आधिकारिक छाप लगाउने सम्पूर्ण प्रक्रिया पूरा गरी तीनदेखि चार कार्यदिनभित्रै नवीकरण गरिएको ब्लुबुक ग्राहकको घरमै पुर्याउने व्यवस्था छ।
सेवाग्राहीले मिस्ड कल र ह्वाट्सएप मेसेजका अतिरिक्त खल्ती एपमा रहेको ‘What’s New’ अन्तर्गत ‘Bluebook Renewal’ विकल्प छनोट गरी आफैँ पनि सेवा अर्डर गर्न सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...