यी संकेतले भन्छ, अव तपाईको कार बेच्ने समय भयो
लामो समयसम्म कारको उपभोग गर्दा यसको मर्मत सम्भारमा ठूलो रकम खर्च भइसकेको...
काठमाडौं - बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) र ब्लुबुक सम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यले दुई महत्वपूर्ण सेवा सुरु गरेको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओलीले याे सेवाको शुभारम्भ गरेका हुन् ।
भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने तथा नवीकरण सेवा र क्लासको व्यवस्था जस्ता सुविधा मोबाइलबाटै लिन मिल्ने गरी ई–ब्लुबुक सेवाको सुरू गरिएको हाे ।
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली अन्तर्गत अब सेवाग्राहीले नयाँ लाइसेन्सको लागि आवेदन दिनुका साथै लाइसेन्स नवीकरण, वर्ग थप, प्रतिलिपि मागजस्ता सेवा अनलाइनमार्फत लिन सक्नेछन् । बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले यस सेवाका लागि https://edl.bagamati.gov.np/ नामक वेबसाइट सञ्चालनमा ल्याएको छ।
त्यस्तै, ब्लुबुक क्युआर प्रणालीमार्फत सवारीसाधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवाहरू पनि डिजिटलरूपमा उपलब्ध हुनेछन् ।
यस प्रणालीलाई नागरिक एपसँग पनि आबद्ध गरिएको छ, जसबाट सेवाग्राहीले मोबाइल फोनमार्फत नै ब्लुबुक देखाउन सक्नेछन् । ब्लुबुकमै समावेश गरिएको क्युआर कोड स्क्यान गरेर सवारीको विवरण सजिलै हेर्न सकिने भएकाले अब कागजी ब्लुबुक बोक्नुपर्ने झन्झट पनि हट्नेछ ।
लामो समयसम्म कारको उपभोग गर्दा यसको मर्मत सम्भारमा ठूलो रकम खर्च भइसकेको...
काठमाडौं – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) मा वर्ग थप गर्न सकिने...
काठमाडौं– एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...