ब्लुबुक र लाइसेन्स नवीकरण लगायतका कार्य अब अनलाइनबाटै हुने, यस्तो छ प्रक्रिया

काठमाडौं - बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) र ब्लुबुक सम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यले दुई महत्वपूर्ण सेवा सुरु गरेको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओलीले याे सेवाको शुभारम्भ गरेका हुन् ।

भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने तथा नवीकरण सेवा र क्लासको व्यवस्था जस्ता सुविधा मोबाइलबाटै लिन मिल्ने गरी ई–ब्लुबुक सेवाको सुरू गरिएको हाे ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली अन्तर्गत अब सेवाग्राहीले नयाँ लाइसेन्सको लागि आवेदन दिनुका साथै लाइसेन्स नवीकरण, वर्ग थप, प्रतिलिपि मागजस्ता सेवा अनलाइनमार्फत लिन सक्नेछन् । बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले यस सेवाका लागि https://edl.bagamati.gov.np/ नामक वेबसाइट सञ्चालनमा ल्याएको छ।

त्यस्तै, ब्लुबुक क्युआर प्रणालीमार्फत सवारीसाधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवाहरू पनि डिजिटलरूपमा उपलब्ध हुनेछन् ।

यस प्रणालीलाई नागरिक एपसँग पनि आबद्ध गरिएको छ, जसबाट सेवाग्राहीले मोबाइल फोनमार्फत नै ब्लुबुक देखाउन सक्नेछन् । ब्लुबुकमै समावेश गरिएको क्युआर कोड स्क्यान गरेर सवारीको विवरण सजिलै हेर्न सकिने भएकाले अब कागजी ब्लुबुक बोक्नुपर्ने झन्झट पनि हट्नेछ ।

सम्बन्धित समाचारहरू

जेनजी प्रदर्शनपछि स्थगित लिखित र ट्रायल परीक्षा सुरु

जेनजी प्रदर्शनपछि स्थगित लिखित र ट्रायल परीक्षा सुरु

काठमाडौं – सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाले लिखित र ट्रायल...

अनावश्यक पनि हुन सक्छन् कारमा भएका यी फिचर

अनावश्यक पनि हुन सक्छन् कारमा भएका यी फिचर

आधुनिक कारहरू एडभान्स टेक्नोलोजीले सुसज्जित भएका छन् । यी फिचरले...

सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स हराएमा प्रतिलिपि लिन के गर्ने ? कति शुल्क लाग्छ ?

सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स हराएमा प्रतिलिपि लिन के गर्ने ? कति शुल्क लाग्छ ?

के तपाईको सवारी चालक अनुमति पत्र हराएको छ ? लामो समय खोजेर पनि पाउनु भएन ?...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...