बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा ७१ जनाले रक्तदान गरेका छन् ।
हेभी इक्विपमेन्ट अर्थात डोजर, लोडर, एस्काभेटर आदि ठूला सवारी साधन मर्मत गर्ने वर्कसप सञ्चालकहरु सम्मिलित संघले आफ्नो पहिलो कार्यक्रमको रुपमा रक्तदान गरेको संघका अध्यक्ष नेत्रबहादुर अधिकारीले बताए । गत फागुन महिनामा दर्ता भएको संघमा यस सम्बन्धी व्यवसायमा संलग्न प्राविधिकहरु रहेका छन् ।
अधिकारीको अध्यक्षतामा गठित संघको उपाध्यक्ष सन्तोष श्रेष्ठ, सचिव ऐन बहादुर राउत, कोषाध्यक्ष शालिकराम श्रेष्ठ र सदस्यहरुमा सुरेन्द्र तामाङ, खड्क बहादुर कार्की र राजकुमार लामा छन् ।
हेभी इक्विपमेन्ट मर्मत गर्ने व्यवसायी सबैलाई समेट्ने उद्देश्यका साथ संघको गठन भएको बताइएको छ । यो क्षेत्रमा कार्यरत टेक्निसियनहरुको स्तरोन्नति गर्ने र कुनै समस्या परेमा संस्थागत रुपमा सहयोग गर्ने उद्देश्यका साथ संघको गठन गरिएको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...