कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
पोखरा - पोखरामा आयोजित वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको छ । दोस्रो दिन शुक्रबार मेला परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ३५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक छबि गौतमले जानकारी दिए ।
लायन्स क्लब अफ पोखरासँग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए । नाडाका निबर्तमान अध्यक्ष ध्रुव थापाको प्रमुख आतिथ्यतामा रक्तदान सम्पन्न भएको हो । लायन्सका पिडिजी योगेन्द्र प्रधान लगायतले पोखरामा अटो शो आयोजना हुनु राम्रो कामको सुरुवात भएको बताए ।
अटो शोमा विद्युतीय चारपाँग्रेतर्फ बीवाईडी, एक्स्पेङ, केई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राखेका छन् । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरुको पनि सहभागिता छ । हुन्डाईले ईभीसँगै आइस गाडीलाई पनि सोकेस गरेको छ । दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयल इन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गरेका छन् ।
त्यसैगरी कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा छन् । अटो शोमा २–पाङग्रे, ४–पाङग्रेसहित लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरुको स्टल छन् । गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध छ ।
अटो शोमा अवलोकनकर्ताले खल्ती वालेटबाट टिकट बुकिङ गर्न सक्नेछन् । टिकट शुल्क सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ कायम गरिएको छ । आर्थिक चलायमान बनाउन र अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउन अटो शोले सकारात्मक योगदान गर्ने आयोजकको विश्वास छ ।
वाडा अटो शोको सहप्रायोजकमा बि एण्ड बि ग्रुप, सपोर्टेड बाइमा अटोमेकानिका, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलले साथ दिएका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रवर्धक रहेर साथ दिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...