अब बस, ट्रक र विमान पानीबाट बनेको इन्धनमा चल्छ ? यस्तो छ बिल गेट्स समर्थित कम्पनीको उपलब्धि

क्यालिफोर्निया स्थित इन्फिनियम कम्पनी कार्बनडाइअक्साइड प्रयोग गरी औद्योगिक स्तरको इन्धन उत्पादन गर्ने विश्वको पहिलो ई–इन्धन निर्माता बन्न सफल भएको छ । रिपोर्टका अनुसार सो कम्पनीले पानीबाट इन्धन बनाउने प्रविधिको विकास गरिसकेको छ । इन्फिनियम कम्पनीले हावा र सौर्य ऊर्जाबाट उत्पादित बिजुली प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा परिणत गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

सो प्रविधिमा हाइड्रोजनलाई रिएक्टरमा पठाइ कार्बन डाइअक्साइडसँग मिसाउँछ । यसमा पेटेन्ट प्रोसेस क्याटालिस्ट र रासायनिक प्रतिक्रिया समावेश हुन्छ । त्यसपछि यसलाई सिन्थेटिक इन्धनमा परिणत गरिन्छ जसको गुण जीवाश्म इन्धन जस्तै हुन्छ ।

रिपोर्टका अनुसार इन्फिनियमले करिब ८ हजार ३ सय लिटर इलेक्ट्रो इन्धन उत्पादन गर्ने गरेको छ र अमेरिकाभरका ग्राहकलाई वितरण गरिसकेको छ । ‘नवीकरणीय ऊर्जा र कार्बन डाइअक्साइडबाट बनेको स्वच्छ इन्धन’ भन्ने नारासहितको कम्पनीलाई माइक्रोसफ्टका संस्थापक बिल गेट्सले समर्थन गरेको बताइएको छ ।

मार्च २० मा गेट्सले एक ब्लग पोस्टमा स्वच्छ ऊर्जाको भविष्यमा काम गरिरहेका आविष्कारकलाई भेट्न टेक्सास गएको उल्लेख गरेका छन् । गेट्सले इन्फिनियमको इन्धन विद्यमान ट्रक, जहाज र विमानका इन्जिनमा पनि हाल्न सकिने जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरू

अब भारतबाट पाइपलाइनमै पेट्रोल र मट्टितेल ल्याइने

अब भारतबाट पाइपलाइनमै पेट्रोल र मट्टितेल ल्याइने

काठमाडौं – नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति ?

काठमाडौँ –  नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ...

प्रदूषण घटाउने नयाँ विकल्प फ्लेक्स फ्युल, कति फाइदा कति वेफाइदा?

प्रदूषण घटाउने नयाँ विकल्प फ्लेक्स फ्युल, कति फाइदा कति वेफाइदा?

सवारी साधनको संख्या बढेसँगै वायु प्रदूषणको समस्या पनि गम्भीर बन्दै जान्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...